Logo

भोलि हुने निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भयो : गृहमन्त्री शर्मा



काठमाडौं, १३ असार । गृहमन्त्री जनार्दन शर्माले भोलि बुधवार हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।

गृहमन्त्री शर्माले मंगलबार पत्रकार सम्मेलन गरी गृहप्रशासन सुर्धान आफ्नो कार्यकालमा गर्ने सुधारबारे बुँद्धागत रुपमा सार्वजनिक गरेको मार्गचित्रमा शान्तिसुरक्षा, प्रहरी प्रशासन, राजमार्ग, यातायात, व्यवसाय लगायतका विषयलाई प्राथमिकता दिएका छन् ।

गृहमन्त्रीले सार्वजनिक गरेको योजनामा आन्तरिक सुरक्षा कार्यक्रम अन्र्तगत प्रहरी जवानको निश्चित डिउटीको समय मिलाउने, मेस, अनुगमन, बैदेशिक रोजगारमा ठगिनेका लागि विदेशी दुतबासमा प्रहरी सहचारी खटाउने उल्लेख छ । प्रमुख शहरमा अपराध न्युनिकरण गर्न प्रत्येक चोकमा सिसिटिभिको व्यवस्था, कुनै घट्ना भए १० मिनेटमा प्रहरी पुग्नेगरी व्यवस्था मिलाउने प्रहरी निरीक्षक पदमा बढुवाको प्रकृया परिमार्जन गरिने, महानगर, नगर र दुर्गममा प्रहरीको बर्गिकरण गरिने गृहमन्त्री शर्माले पतिवद्धता जनाएका छन् ।

सशस्त्र प्रहरी सीमा क्षेत्रमा वोर्डर आउट पोष्ट स्थापना गर्ने, राष्ट्रिय अनुसन्धान विभागलाई व्यवसयिक बनाउने गृहमन्त्रीको प्राथमिकतामा परेको छ ।

प्रमुख जिल्ला अधिकारीलाई दिइने सिडियो ट्रेनिङ व्यवस्थित गराइने, हेल्प डेस्क प्रभावकारी बनाउने, सार्वजनिक सम्पति र विकास निर्मााण र सुशासनका लागि २ महिनाभित्र विशेष कार्ययोजना ल्याउने तथा विपत जोखिम न्युनिकरण, भुकम्प, बाढी पहिरोका लागि विपत जनसेवा गठन गरिने गृहमन्त्री शर्माले जनाएका छन् ।

सिंहदरबास्थित आफ्नै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत शर्माले आम मतदाताहरुलाई निर्धक्क भएर मत हाल्नको लागि अपिल गरे । उनले निर्वाचनको लागि पहिलो चरणको निर्वाचनजस्तै पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखिने जनाए । मन्त्री शर्माले भने, ’सुरक्षा अवस्था पहिचान गरेर निर्वाचन हुने सबै केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिसकेका छौं।’

बुधवार हुने तीन प्रदेशका ४ हजार ५ सय ८१ मतदान केन्द्रमा १ लाख ६३ हजार सुरक्षाकर्मी परिचाल गरिसकेको गृह मन्त्रालयले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनमा देशभर ४५ हजार नेपाली सेना समेत परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता झंकर बहादुर कडायतले पत्रकार ऋषि धमलालाई जानकारी दिएका छन् ।

निर्वाचनको अवधिभरका लागि नेपाली सेनाको हलिकप्टर काठमाडौं, पोखरा, सुर्खेत र दिपायलमा तयारी अवस्थामा राखिएको छ।



प्रतिक्रिया दिनुहोस्