Logo

​माओवादीले खाता खोल्यो, सोलुखुम्बुको लिखुविके गाउँपालिकाबाट जित हात



सोलुखुम्बु, १५ असार । सोलुखुम्बुको लिखुविके गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । दोस्रो चरणको निर्वाचनमा माओवादीले यसै गाउँपालिकाबाट खाता खोलेको हो ।

मतपरिणामअनुसार अध्यक्षमा केन्द्रका डम्बरबहादुर बस्नेतले ११३६ र उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले १०४२ मत ल्याई विजयी भएका हुन् ।

अध्यक्षका निकटम् प्रतिद्वन्दीमा नेपाली कांग्रेसका रामबहादुर बस्नेतले ७६० र उपाध्यक्षमा मिना कार्कीले ८२८ मत प्राप्त गरेका छन् ।वडाहरुमा भने मिश्रित परिणाम आएको छ । पाँचवटा वडा रहेको उक्त गाउँपालिकामा १ र ५ मा कांग्रेस २ र ३ माओवादी केन्द्र र ४ मा एमालेको प्याल नै विजयी भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्