Logo

विराटनगर महानगरपालिकामा काँग्रेसको अग्रता जारी



विराटनगर, १७ असार । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।

सो पार्टीबाट प्रमुखका उम्मेदवार भीम पराजुलीले एक हजार सात सय ४५ मत, नेकपा (एमाले)का विनोदकुमार ढकालले एक हजार दुई सय ३६ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले नौ सय ९१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीले एक हजार पाँच सय नौ, नेकपा (माओवादी केन्द्र)का नमिता न्यौपानेले सात सय ३३ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले छ सय ८५ मत प्राप्त गर्नुभएको हो । उन्नाइस वटा वडा रहेको विराटनगरमा यतिखेर १, २, ३, ४, १७ र १८ नं वडाको मतगणना भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्