Logo

टीकापुरको प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस विजयी



कैलाली, २० असार । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेकपा ९एमाले० र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

नगर प्रमुखका प्रत्यासी एमालेका टपेन्द्र रावलले सुरुवात देखिनै अग्रता लिएका नेपाल लोकतान्त्रिक फोरमका लोटन चौधरी र बीचमा अग्रता लिएका नेकपा ९माओवादी केन्द्र० का ललितबहादुर थापालाई पछि पार्दै पाँच हजार ९५९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थापाले पाँच हजार ६१० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले बताउनुभयो ।यसैगरी, उपप्रमुखमा भने नेपाली काँग्रेसकी केशरी विष्टले छ हजार २३६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम माओवादी केन्द्रकी उम्मेदवार आशाकुमारी चौधरीले पाँच हजार ५५३ मत प्राप्त गर्नुभएको छ ।

गोदावरी नगरपालिकामा एमाले विजयी

यसैगरी, कैलालीको गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा ९एमाले० विजयी भएको छ । प्रमुखका प्रत्यासी एमालेका हरिसिंह साउदले नौ हजार ८७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वीरेन्द्र भट्टले आठ हजार ४५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मोहनप्रसाद मरासिनीले बताउनुभयो ।

यसैगरी, उपप्रमुखमा एमालेकै रत्ना कडायत १० हजार २५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भगवती पाठकले भने आठ हजार ९६२ मत प्राप्त गर्नु भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्