Logo

विराटनगर महानगरमा कांग्रेस विजयी : मेयर पराजुली, उपमेयर कार्की



काठमाडौं २५ असार । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली विजयी भएका छन् । शनिबार राति सकिएको मत गणनामा मेयरका कांग्रेस उम्मेदवार पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी भएका हुन् ।

विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की (इन्दु) विजयी हुनु भएको छ। शनिबारसम्म गणना भएको अन्तिम मत परिणामअनुसार पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी भए । उन का निटकतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९ सय ५८ मत  ल्याए । उपमेयरमा कांग्रेसकी कार्कीले २० हजार १  सय ४६ र उहाँकी निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी नमिता न्यौपानेलाई ११ हजार ५ सय २४ मत प्राप्त भयो । नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले तेस्रो स्थान प्राप्त गर्दै १० हजार ५ सय ३६ मत ल्याए ।

उपमेयरमा पनि कांग्रेसकी इन्दिरा कार्की २०१८६ मत ल्याएर विजयी भएकी छन् । मेयरमा विजयी बनेपछि पराजुलीले विराटनगरलाई भ्रष्टाचारमुक्त शहर बनाउने बताएका छन् ।

मेयरका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत पाएका छन् । संघीय समाजवादी फोरम र माओवादीका साझा उम्मेदवार उमेश यादव तेस्रो स्थानमा आएका छन् ।  उपमेयरमा निकटतम् प्रतिद्वन्द्वी रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११ हजार ५ सय ४४ मत प्राप्त गरेकी छन भने नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरी तेस्रो स्थान हात पारेकी छिन् ।

चौधरीलाई एमालेले सघाएको थियो । महानगरपालिकामा नेपाली कांग्रेसको यो दोस्रो जित हो । यसअघि ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसकै चिरिबाबु महर्जन विजयी विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot