Logo

मन्त्रालय बाँडफाँड टुँग्गो लाग्यो, कांग्रेस १३, माओवादी ९ र बाँकीलाई ८



काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका नेता रमेश लेखकले सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रवीच मन्त्रालय भागवण्डाबारे अन्तिम टुंगो लागेको जानकारी दिए ।

मन्त्रालय टुँगो लगाउनको लागि मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको लेखकले पत्रकार ऋषि धमलालाई जानकार दिए । उनले भने,“कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने सहमति भएको छ ।”

मन्त्रालय बाँडफाँडबारे गृहकार्य गर्न बनेको कार्यदलका सदस्य समेत रहेका नेता लेखकले फेरि दोहोर्याए, ‘मन्त्रालय बाँडफाँड टुंगिएको छ, हामीवीच सहमति भैसकेको छ।’

स्रोतका अनसार भोलि बुधबार नै मन्त्रिपरिषद विस्तार हुने भएको छ । माओवादी र कांग्रेसवीच मन्त्रालय बाँडफाँड टुँगो लागेसँगै राप्रपा पनि सरकारमा सहभागी हुनेबारे छलफल जारी छ । विजय गच्छदार, कमल थापा र साना दललाई ८ मन्त्रालय दिने सत्तारुढ दलको तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्