Logo

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मुख्य एजेण्डा बनाउने प्रचण्डको प्रस्ताव



सबै माओवादीहरुलाई एकतामा आउन अपिल
काठमाडौं,७ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको हेडक्वार्टर बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने प्रस्ताव अघि सारेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी समिक्षाका क्रममा अध्यक्ष प्रचण्डले अब प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आफ्नो पार्टीले अन्य दलहरुसँग छलफल गर्ने बताएका थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रमुख दलहरुले पाएको मतका आधारमा राज्यले निश्चित चुनाव गर्न दिने गरी ऐन कानुन बनाउन पहल गर्ने समेत बताएका छन् ।बैठकमा प्रचण्डले सबै माओवादीहरुलाई पार्टी एकतामा आउन अपील गर्ने प्रस्ताव पनि राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्