Logo

प्रधानमन्त्री देउवा र महामन्त्री कोइरालावीच मन्त्रिमण्डल विस्तारबारे भेटवार्ता



काठमाडौं, १० साउन । मन्त्रिमण्डल विस्तारलाई लिएर महामन्त्री सशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् ।

आफु प्रधानमन्त्री भएको झण्डै डेढमहिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गर्ने भएपछि कांग्रेसका बरिष्ठ नेता पौडल समूहले आज आफ्नो समूहबाट सरकारमा जाने मन्त्रिहरुको अन्तिम टुँगो लगाउने भएको हो । महामन्त्री कोइरालाले सभापति एवम् प्रधानमन्त्री देउवासँग मन्त्रालय भागबण्डाबारे अन्तिम भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री निर्वा्चित भएको डेढ महिना भईसक्दा वित्न लाग्दा समेत मन्त्रिमण्डललाई पुर्णता दिन नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले सहयात्री दलहरुलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । देउवाले वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र नेता खुमवहादुर खड्का पक्षलाई भागबण्डा मिलाएर नै मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

तर, बरिष्ठ नेता रामचन्द्र पौडेलले ६ वटा मन्त्रालय मागेपछि प्रधानमन्त्री देउवा थप समस्यामा परेका छन् । पार्टीमा आफ्नो ६० प्रतिशत हिस्सा रहेको भन्दै पौडेलले कांग्रेसको भागमा परेका १३ मन्त्रालयमध्ये ६ वटा आफ्नो पक्षले पाउनुपर्ने अडान राखेपछि मंगलबार बिहानैबाट दुवै समुह छुट्छुटटै छलफलमा जुटेका छन् ।
तर महामन्त्री कोइरालाले पौडेल पक्षबाट भन्दापनि आफ्नो छुट्टै समूहबाट भेटवार्ता गरेका हुन् ।

स्रोतका अनुसार देउवापक्ष बालुवाटारमा छलफलमा जुटेको छ । त्यस्तै, पौडेल पक्ष राजधानीको गोप्य स्थानमा छलफलमा जुटेको बताइएको छ । पौडेलले १३ मध्ये आफुले ६ र बाँकी सातवटामा देउवा, सिटौला र खड्कालाई भागबण्डा गर्नुपर्ने बताएपछि देउवालाई पार्टी्भित्रकै किचलो व्यवस्थापन गर्न समस्या भएको छ ।



प्रतिक्रिया दिनुहोस्