Logo

वर्षाका कारण विद्यालय भवन भत्कियो



सल्यान, २१ साउन । अविरल वर्षाका कारण यहाँको एक विद्यालयको तीनकोठे भवन भत्किएको छ ।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित सिद्धेश्वरी माविको भवन भत्किँदा पठनपाठनमा समस्या भएको शिक्षक विमलराज डिसीले जानकारी दिनुभयो । विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् ।

पुल नबन्दा सास्ती 

पश्चिम क्षेत्रमा गए रातिदेखि परेको अविरल वर्षाका कारण बन्गाड खोलामा पानीको सतह बढेपछि छिन्चु–जाजरकोट सडकखण्ड अवरुद्ध बनेको छ । पानीको सतह बढेसँगै यातायातका साधन खोलावारि पारि रोकिएका छन् ।

नेपालगञ्जबाट सुर्खेत र जाजरकोटका लागि हिँडेका यात्रुवाहक तथा मालवाहक सबै गाडी अलपत्र परेका छन् । खोलामा पक्की पुल नबन्दा उक्त क्षेत्रमा वर्षात्मा वर्षेनी नागरिकले दुःख पाउने गरेका छन् ।

यस्तै रुकुम चौरजहारी सडकखण्डको नाथेखोलाको बन्गाड खोलामा गाडी फसेको छ । उक्त क्षेत्रमा पनि पक्की पुल नहुँदा र निर्माणाधीन पक्की पुल नबन्दा यातायातका साधन आवतजावतमा कठिनाइ भएको छ ।

नाथेखोला नजिकै बन्गाड खोलामा निर्माणाधीन पक्की पुलको काम भने अलपत्र अवस्थामा छ । रुकुम चौरजहारी सडकखण्डमा वर्षाका कारण दुई महिनादेखि यातायातका साधन सञ्चालन हुन सकिरहेका छैनन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot