Logo

एभरेष्ट साईन्स् सेन्टर नेपालद्धारा एक सय रुपैयाँमा आजिवन सदस्यता प्रदान गर्ने घोषणा



काठमाडौं, २१ साउन । नेपालमा भएको पहिलो र एकमात्रै विज्ञान केन्द्र एभरेष्ट साईन्स् सेन्टर नेपालले ‘जनताको घरदैलोमा विज्ञान केन्द्र’ नाम कार्यक्रम सार्वजनिक गरेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा विशेष पत्रकार सम्मेलन गरेर उक्त केन्द्रले यस्तो कार्यक्रम घोषणा गरेको हो । उक्त अभियान घोषणा गर्नुको मुख्य उद्देश्य भनेको नै विज्ञान तथा प्रविधिलिाई देशव्यापी रुपमा सहज बनाउनु आयोजकको विश्वास छ ।

विश्वका अन्य देशहरुको तुलनामा विज्ञान तथा प्रविधिको क्षेत्रमा खोज तथा अनुशन्धान गर्ने विषयमा नेपाल धेरै पछाडि रहेको बताउँदे उक्त सेन्टरका अध्यक्ष डा. दिलिप अधिकारीले भने,‘त्यसैले अन्र्तराष्ट्रिय क्षेत्रमा नेपालको विज्ञान तथा प्रविधिको स्तरोन्नती गर्नको लागि पनि नेपाली युवा विद्यार्थी पिढिले सैद्धान्तिक भन्दापनि खोजमुलक विज्ञान शिक्षा अध्ययन गर्नुपर्छ भन्ने यो अभियानको मुख्य उद्देश्य हुनेछ।’

सन् २००१ मा स्थापना भएको उक्त सेन्टर सुनसरी जिल्ला बर्जु गाउँपालिका–५ स्थित् शान्तिवनमा छ । उक्त केन्द्रमा सजिलो तरिकारले बुझ्ने र बुझाउने माध्यममार्फत वैज्ञानिक ज्ञान दिईँदै आएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा सेन्टरका अध्यक्ष डा. अधिकारीले उक्त केन्द्रले ‘लाईफ टाईम मेम्वरसिप’को लागि आवेदन खोलिसकेको समेत जानकारी दिए । उनका अनुसार ईच्छुक विद्यार्थीहरुले यही आउने डिसेम्बर ३१ सन् २०१७ सम्म सदस्यताको लागि आवेदन दिईसक्नुपर्ने छ । र, सदस्यताको लागि एक सय रुपैयाँ मात्रै शुल्क लाग्ने अधिकारीले बताए ।

आजिवन सदस्यता ग्रहण गरेकाहरुलाई उक्त विज्ञान केन्द्रले विभिन्न सुविधाहरु समेत प्रदान गर्ने आयोजकले जनाएको छ । जसमध्ये एकपटक आजिवन सदस्यता लिनेहरुले उक्त केन्द्रमा निःशुल्क प्रवेश तथा आजिवन सदस्यसँग आउने आगन्तुकलाई २५ प्रतिशत छुट दिईने, विभिन्न विज्ञान तथा अन्तरिक्ष क्याम्पहरुमा समेत छुट दिईने समेत संस्थाले जनाएको छ ।

अध्यक्ष डा. अधिकारीले अघि भने,‘हाम्रो सेन्टरले विज्ञान भनेको रिक्रियशन टु द पब्लिकको रुपमा प्रस्तुत गरिरहेको छ।’ उनले थपे,‘हामीसँग जोडिनुहोस्, सँगै मिलेर देश बनाऔं, यदि हाम्रो केन्द्रमा आउन सक्नुभएन भने हामी तपाईहरुको घरमा आउँछौं।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले उक्त विज्ञान केन्द्रले विज्ञान तथा प्रविधिको विकासको लागि प्रस्तावहरु लिएर आएर आफूहरुले उक्त कार्यक्रमलाई सफल बनाउनको लागि बैंकहरुलाई लगानी गर्न प्रोत्साहन गर्ने विश्वास दिलाए ।

त्यस्तै उनले हाल उक्त विज्ञान केन्द्रले गरिरहेको कामको खुलेर प्रशंसा समेत गरे । आगामी दिनमा आफ्नो व्यक्तिगत तर्फबाट र राष्ट्र बैंकको तर्फबाट सकेको सहयोग गर्न हरदम तयार रहने उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले एभरेष्ट साईन्स सेन्टरले अघि सारेका सबै कार्यक्रमहरु उपयोगी भएकोले सबै मिडियाहरुले यी कार्यक्रम तथा अभियानलाई सफल बनाउनको लागि सहयोग गर्नुपर्ने धारणा राखे ।

उनले भने,‘रिपोर्टर्स क्लब नेपाल यो विज्ञान केन्द्रले अघि सारेका सबै कार्यक्रमहरुलाई सफल बनाउनको लागि सहयोग गर्न तयार छ, अन्य पत्रकार साथीहरुले समेत अब यो अभियानलाई सफल बनाउनको लागि सहयोग गर्नुपर्छ।’

धमलाले उक्त विज्ञान केन्द्रलाई नेपालको विज्ञान विश्वविद्यालय बनाउन सकिने भएकोले सरकारले पनि यसबारेमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले थपे,‘विज्ञान तथा प्रविधिमा कलम चलाउने सबै पत्रकार साथीहरु र नेता तथा मन्त्रीहरुले समेत यो क्षेत्रको अवलोकन गर्नुपर्छ, र यसलाई आर्थिक रुपमा सहयोग पुर्याउनको लागि बैंकहरुले समेत लगानी गर्नुपर्छ, लगानी गर्दा खेर जाँदैन् ।’

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot