Logo

राष्ट्रिय समन्वय परिषद कतारको‘युवा संयोजक’मा केसीको उम्मेदवारी



कतार दोहा, २३ साउन । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको संयोजकमा समाजसेवि माया केसीले उम्मेदवारी घोषणा गरेकी छन् । यूवा संयोजकको लागि उम्मेदारी घोषणा गरेकी केसीले समितिमा जुझारु, सक्षम र समाजलाई दिशानिर्देश गर्नेसक्ने व्यक्तिहरु हुनुपर्ने बताएकी छन् ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको छैठौं अधिवेशन आगामी १८ अगष्टमा हुदैछ । परिषदको सन् २०१७-०१९ कार्यकालका लागि नयाँ कार्यसमिति चयनगर्ने प्रकृया समेत सोहि अधिवेशनमा हुने र सो अधिवेशनले चयनगर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

रिपोर्टर्सनेपालसँगको कुराकानिमा उनले भनिन्,‘यस अभियानमा परिषद सदस्य र समाजको जिम्मेवार नागरिक भएको हैसियतले प्रत्यक्ष र परोक्ष रुपमा संघका गतिविधिहरुमा सहयोग गर्दै आईरहेकी छु आगामी कार्यकालको लागि म नेतृत्व लिन तयार छु मेरो कार्यकालमा गैरआवासिय नेपाली संघले देशमा मन छोडेर तन बोकेर आएका हजारौ नेपालीका दुःखमा साथ दिनको लागि महत्पूर्ण काम गर्नेछु, प्रवासमा रहेका आम नेपालीहरुको साझा संस्थाको रुपमा काम गर्दै आएको यस गैरआवासिय नेपाली संघका कार्ययोजनालाई अझ सशक्त, मजवुत र प्रभावकारी वनाउनका लागि समाजका सवै जिम्मेवार पक्षले हातेमालो गर्न जरुरी छ यसमा म कटिबद्ध छु।

उनले अघि थपिन,‘समाजको हित सवैको सर्वोपरि हित हो, मैले मेरो व्यक्तिगत, सामाजिक र व्यवसायिक जीवनमा सिकेका अनुभवहरुलाई यस समाजको हितमा लगाउने अठोट गरेको छु, सो अठोट पुरा गर्नका लागि समाजमा युवाहरुको भुमिकालाई सशक्त रुपमा अघि वढाएमा मात्र समाजको समृद्दि हुन सक्छ भन्ने विश्वास मैले लिएको छु ।

विगत ८ वर्षदेखि प्रदेशमा रहँदै आएकी केसीले युवाहरुको सिप विकास, क्षमता अभिवृद्दि, युवा उद्यमशिलता र युवाहरुको परिचालनलाई अघि वढाउनलागि अब नेतृत्वमा बसेर काम गर्ने प्रण गरेको प्रण गरेकी छिन् ।

उनले भनिन्,‘कतारमा रहि विभिन्न सामाजिक अभियानमा सक्रिय अग्रजहरु र सम्पुर्ण शुभेच्छुकहरुको सल्लाह, सुझाव र शुभेच्छाका साथ यस अभियानलाई सार्थक पार्न तथा गैरआवासिय नेपाली अभियानलाई संस्थागत र युवामैत्री वनाउनका लागि आगामी २०१७—२०१९ कार्यकालको लागि गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको ‘युवा संयोजक’ पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु सबैलाई साथदिनको लागि आग्रह समेत गर्दछु।’

यूवा संयोजकको उम्मेदारी घोषणा गरेकी माया केसीका निम्न प्रतिबद्धता रहेका छन् :

१. कतारमा रहेका नेपाली युवाहरुको सिप विकास, क्षमता अभिवृद्धि, युवा उद्यमशिलतालाई उजागर गर्न युवा संयोजकको हैसियतवाट उचित संजाल विस्तार गर्न प्रयत्न गर्नेछु ।

२. कतारमा नेपाली खेलकुद, कला, साहित्य, संस्कृति र भाषाको प्रवर्द्वन तथा विकास गर्न गैरआवासिय नेपाली संघको नेतृत्वमा साहित्य, संस्कृति, खेलकुद, युवा समुह वा सरोकारवाला संघ संस्थाहरुसँग समन्वय गर्नेछु ।

३. समय सापेक्ष गैरआवासिय नेपाली संघको नेतृत्वमा युवाहरुलाई प्रवर्द्वन गर्न राष्ट्रिय समन्वय परिषद कतार र आवश्यकता वमोजिम अन्तर्रा्ष्ट्रिय समन्वय परिषद् युवा फोरमको समन्वयमा प्रभावकारी कार्यक्रमहरु गर्नेछु ।

 



प्रतिक्रिया दिनुहोस्