Logo

बाढी पहिरोले १३ घरमा पूर्ण क्षति



पोखरा, २५ साउन । गएराति परेको भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले कास्कीको माछापुच्र्छे गाउँपालिका– ५ रिभान लामपाटाका १३ घरमा बाढी पसेर पूर्ण क्षति पु¥याएको छ ।

गाउँ भन्दा माथिबाट पहिरो आउँदै छ भन्ने प्राप्त सूचनाका आधारमा घरमा सुतेका सबै गाउँले भागेर सुरक्षित स्थानमा पुगेकाले मानवीय क्षति भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बाढी पहिरोले रिभानबाट हुम्दी जाने दुईवटा मोटर चल्ने पुल र विद्युत्का पोल पनि बगाएको छ । बाढीले स्थानीय देवीलाल लामिछाने, दण्डबहादुर विक, प्रवीण लामिछाने, गंगाबहादुर विक, प्रेम विक, राजमान विक, दिननाथ पौडेल, कमला परियार, नरबहादुर विक र काजी विकको घर बस्नै नमिल्ने गरी क्षति पु¥याएको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्