Logo

कुमारवर्ती माई मन्दिर ओझेलमा



नवलपरासी, २५ साउन । उचित संरक्षण र प्रचारप्रसारको अभावमा नवलपरासीको कावासोती नगरपालिका क्षेत्रमा रहेको कुमारवर्ती माई मन्दिर ओझेलमा परेको छ ।

थारु गुठी संरक्षण समितिद्वारा संरक्षित कुमारवर्ती माई मन्दिरको प्रचारप्रसार गर्नेतर्फ सरोकारवालाको उदाशिनताका कारण विकास हुन नसकेको हो । यस माईमा पूजा गरेमा रोगव्याधि नलाग्ने धार्मिक विश्वास छ । यहाँ व्यवस्थित मन्दिर, थारु जातिका लोप हुन लागेका विभिन्न संस्कृति संरक्षणको लागि संरक्षणस्थल बनाउने योजना रहेको छ ।

विसं २०६३ मा दर्ता गरिएको गुठीको ३ बिगाहा जमिन रहेको छ । गुठीअन्तर्गत रहेको माईको व्यवस्थित मन्दिरसमेत निर्माण गर्न नसकिएको स्थानीयको भनाइ रहेको छ ।

स्थानीयको पहुँच पु¥याउन नसक्दा स्थानीयस्तरमा निर्माण गरिएको योजनासमेत अलपत्र परेको गुनासो छ । वर्षको चारपटक पूजा गरिने यस माईमा विभिन्न स्थानबाट पूजा गर्नको लागि थारु समुदाय यहाँ आउने गरेका छन् । यस क्षेत्रका सरोकारवालाले यस क्षेत्रको समुचित विकासको लागि ध्यान दिन नसकेको स्थानीयको दुखेसो छ । रासस



प्रतिक्रिया दिनुहोस्