Logo

प्रधानमन्त्री देउवा र भारतीय राजदुत पुरीवीच भेटवार्ता



काठमाडौं, ३ भदौ । नेपालका लागि भारतीय राजदुत डा. मञ्जिवसिंह पुरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाको यही भदौ ७ गतेबाट हुने भारत भ्रमणको बारेमा कुराकानी भएको हो । भेटवार्तामा दुतावासका पोलिटिकल चिफ गोपालकृष्ण, प्रधानमन्त्री देउवाका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागी पनि सहभागी थिए ।

प्रधानमन्त्री देउवा ७ गते भारत जाने तय भएको छ । देउवाले भारतीय उच्च अधिकारीहरुसँग ८ गते महत्वपूर्ण भ्टवार्ता गर्ने कार्यक्रम रहेको छ। र उनको भदौ ९ र १० गते दिल्ली बाहिर कार्यक्रम रहेको छ । उनी भदौ ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

 



प्रतिक्रिया दिनुहोस्