Logo

निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोगले शुन्य सहनशिलता अपनाउँछ : आयुक्त शाह



काठमाडौं, १६ भदौ । निर्वाचन आयुक्त सुधिर कुमार शाहले निर्वाचन आचारसंहिता लागु भैसकेकोले अहिले निर्वाचन आयोग नै सरकार भएको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले भने,‘अहिले निर्वाचन आयोग नै सरकार हो, हाम्रो सहमति विना सरुवा, बढुवा सरकारले गर्न पाउँदैन, खासमा भन्ने हो भने हामी नै अहिले सरकार हौं।’

उनले आचारसंहिता लागु गर्न आयोगले शुन्य सहनशिलता अपनाउने समेत जिकिर गरे । उनले थपे,‘निर्वाचन आयोग आचार संहिता लागु गराउन पूर्ण प्रतिबद्ध छ, हामी कडाईका साथ आचारसंहिता कार्यान्वयनमा उत्रिएका छौं, यदि कोही कसैबाट पनि आचारसंहिता उल्लंघन भएको पाईयो भने हामी कसैलाई पनि छोड्दैनौं, मन्त्री होस् वा प्रधानमन्त्री कारवाही गर्छौं।’



प्रतिक्रिया दिनुहोस्