Logo

चिकित्सकहरुको माँग आजै सम्बोधन गर्नेगरि सहमति खोज्छु : मन्त्री पोखरेल



स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकहरुको माँग पूरा गर्नको लागि सरकार अति नै संवेदनशील रहेको बताएका छन् । उनले आजै उनीहरुको माँग पूरा गर्नेबारे सहमति खोज्ने तयारी भैरहेको समेत जानकारी दिए । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले मन्त्री पोखरेलसँग गरेको कुराकानीको सम्पादित अंश :

चिकित्सकहरुको आन्दोलनको व्यवस्थापन गर्न किन सक्नुभएन ?

नेपाल मेडिकल एशोसियसनको अल्मिेटम आईसकेपछि स्वास्थ्य मन्त्रालयले उहाँहरुसँग बसेर राम्रोसँग छलफल भएका हुन् । उहाँहरुको मुद्दा सम्बोधन गर्नको लागि सरकारले दिएको आदेशको पालना गर्नको लागि सकारात्मक पहल पनि गर्यो । पछिल्लो बेला कार्यवाहक प्रधानमन्त्रीले आकस्मिक रुपमा मन्त्रिमपरिषद बैठक बोलाएर उहाँहरुको खासगरी स्वास्थ्यसम्बन्धी सुरक्षाको प्रत्याभुतिबारे प्रधानमन्त्री फर्किने बित्तिकै निर्णय गर्ने भनेर भनिएको थियो । यस्तो प्रत्याभुति गरिसकेपछिपनि उहाँहरु आन्दोलनमा नै उत्रिनुभयो ।

तर तपाईहरुले झारा टार्ने काम मात्रै गर्नुभयो अरे ? तपाईहरुमाथि गम्भिर आरोप छ नि ?

संविधान जारी भएदेखि नै जनताको स्वास्थ्यलाई मुख्य केन्द्रविन्दुमा राखिएको छ। त्यसको आधारमा एउटा ऐन बनाउनुपर्ने र संविधानको त्यो अधिकारलाई कार्यान्वयन गर्नुपर्ने छ । यो जरुरी काम हो ।

बिना तयारी नै यस्तो निर्णय गर्नुभयो अरे ?

म त चुनावमा थिएँ । मन्त्रिपरिषदले घट्नाक्रमपछि यस्तो निर्णय लिएको हो । यसबारेमा मैले प्रधानमन्त्रीसँग जान्ने कोशिस गरेको हुँ । काठमाडौं आएपछि मैले मुख्यसचिवसँग मन्त्रिपरिषदको निर्णय लिएँ । यसलगत्तै चिकित्सकहरु आउनुभयो । उहाँको माँग लिएर । माँगको कोणबाट भन्नुहुन्छ भने म स्वास्थ्यमन्त्री हुँदा मैले नै सुरक्षासम्बन्धी ऐन ०६६ ल्याएको छु । त्यसको लागि मैले उहाँहरुसँग पटक पटक भेटवार्ता भएकै हुन् । म कार्यान्वयन गर्ने कुरामात्रै बोल्छु । नगर्ने कुरा म गर्दिन् । मैले विज्ञहरुको बैठक असोज १७ गते बोलाएको छु । जनताको स्वास्थ्यलाई मध्येनजर गरेर अघि बढ्नुपर्छ ।

उसो भए अब प्रधानमन्त्री नआएसम्म उनीहरुको माँग सम्बोधन हुँदैन ?

प्रधानमन्त्री आईसकेपछि पनि माँग सम्बोधन गर्न अप्ठयारो छ । किन भन्नुहुन्छ भने, विषय त पार्लियामेन्टसम्म लैजानुपर्छ । त्यो सकारात्मक भाव त हामीले दिईसकेका छौं । उहाँहरुका अन्य माँगहरुलाई पनि हामीले सकारात्मक ढंगले लिएका छौं र त्यही अनुसार गृहकार्य गर्छौं । छलफल गर्छौं । सम्बाद गर्छौं । सबै सरोकारवालाहरुसँग छलफल गरेर एउटा निश्कर्षमा पुग्छौं ।

चिकित्सकहरुले त ऐन बढाउने प्रतिबद्धता र सुरक्षाको प्रत्याभुति गराउनेबारे सार्वजनिक रुपमा तपाईले भनिदिँदापनि आन्दोलन स्थगित गर्छौं भन्नुभएको छ नि ?

मैले आह्वान पनि गरिसकेको छु । लिखित पनि दिएँ । उहाँहरुसँग बसें पनि । उहाँहरुको मुद्दाहरुको बारेमा राष्ट्रिय छलफल गर्नुपर्छ भनेकै हो । मन्त्रिपरिषदले अघि सारेको ऐनको मुल स्पिरिट र चिकित्सक संघले अघि सारेको माँगको पनि मुल स्पिरिटलाई मिलाएर ऐन संशोधन गर्न सकिन्छ । आज पनि उहाँहरु यदि आवश्यकत्ता ठान्नुहुन्छ भने म कुनैपनि बेला म तयार छु । स्वास्थ्य मन्त्रालय समस्याको समाधान गर्न तयार छ ।

उसो भए अब तपाईले अब उहाँहरुको माँग पूरा गर्न लिखित प्रतिबद्धता जनाउनुहुन्छ ?

मेरो कोणबाट त पटक पटक अपिल गरिएको छ । लिखित नै पठाइएको छ । मन्त्रिरिषदको निर्णय भएकोले अहिले मैले निर्णय गर्न मिल्दैन । तर आवश्यक पर्यो म एउटा कदम चाल्न सक्छु । उहाँहरुसँग हामी सम्वाद गर्छौ, त्यही अनुसार हामी निर्णयमा पुग्छौं ।

तर विरामीहरु विचल्लीमा परेका छन्, यसबारेमा के सोच्नुभएको छ ?

हामीलाई पनि यसले दुखि बनाएको छ । यो कुरा अहिले चिकित्सक साथीहरुले विवेक पुर्याउनुपर्ने कुरा हो । हामी पनि आन्दोलनबाट आएका हौं, आन्दोलनका भाषा हामी बुझ्छौं । हामीले त क्याबिनेटमार्पmत निर्णय लिएका छौं । मेरै क्षेत्राधिकारभित्र यो रहीरहन्छ कि रहँदैन त्यो हेर्नुपर्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot