Logo

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित



पोखरा, २९ असोज । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार निर्वाचन भई सम्पन्न मतपरिणामअनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी वसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गर्नुभएको थियो ।

वरिष्ठ उपाध्यक्षमा बलराम ढकाल, प्रथम उपाध्यक्षमा छत्रधर आत्रेय, द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै महासचिवमा भरतकुमार अधिकारी, उपमहासचिवमा गोपीचन्द्र बाँस्तोला, कोषाध्यक्षमा राजेन्द्र ओझा विजयी हुनुभएको छ ।

आठजना खुल्ला सदस्य पदमा १५ जनाबीच भएको प्रतिस्पर्धामा उपेन्द्रराज सुवेदी, रामजी पौडेल, मेनुका श्रेष्ठ, भरतराज ओझा, सरोजराज अधिकारी, भीमबहादुर नेपाली काइला,शिवप्रसाद भण्डारी र धीरजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । दुई महिला सदस्यमा जानुका अधिकारी र राधा सापकोटा निर्वाचित हुनुभएको छ ।

संस्थागततर्पm शैलेन्द्रमोहन भट्टराई र एशोसिएटतर्पm प्रशान्तराज धमला यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । कार्यसमितिमा निर्वाचित अध्यक्षले तीनजना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । संघका नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचनमा कूल एक हजार १५७ मत खसेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्