Logo

घोषणापत्रमा उल्लेख विषय कार्यान्वयन गर्न कठिन छ तर, असम्भव छैन : सुरेन्द्र पाण्डे



कात्तिक २२,काठमाण्डौ । नेकपा एमालेका नेता सुरेन्द्र पोण्डेले वाम गठबन्धनको घोषणापत्रमा उल्लेख भएअनुसार अबको १० वर्षमा नेपाललाई गरिबीको रेखामुनीबाट माथि उठाएर मध्यम आय भएको देश बनाउन सकिने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले २५ वर्षमा धनी राष्ट्रको सूचिमा जाने लक्ष्य पूरा गरेरै छाड्ने बताएका छन् ।

लक्ष्य पूरा गर्न कठिन भए पनि असम्भव भने नरहेको पाण्डेको तर्क छ । वाम गठबन्धन बन्छ भनेर पनि कसैले कल्पना नगरेको उदाहरण दिदै पाण्डेले आफूहरुको घोषणपत्रमा भएका विकास निर्माणका कुरा कार्यान्वनय हुँदैन भन्ने लागे पनि सफल भएरै छाड्ने जिकिर गरे ।

यसअघिका घोषणापत्रमा संविधान निर्माणलाई प्राथमिकता दिएकाले विकास निर्माणका काम हुन नसकेको बताउँदै पाण्डेले भने, “राजनीतिक कुरा मात्रै गर्दा जनतालाई पट्यार लाग्छ भनेर विकास निर्माणका कुरा गरिएको थियो । अब राजनीतिक मुद्दाभन्दा आर्थिक समृद्धि प्राथमिकता पर्नुपर्छ ।”
नेता पाण्डेले आफ्नो चुनावी क्षेत्र चितवनमा जनता सन्तुष्ट हुने गरी विकास निर्माणको काम गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot