Logo

क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !



काठमाडौँ : मंसिर २१ गते दोश्रो चरणमा हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्तगत काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधी सभा सदस्यका लागि संयूक्त वाम गठबन्धनको तर्फबाट एमालेका नेता रामविर मानन्धर र संयूक्त लोकतान्त्रीक गठबन्धनको तर्फबाट राप्रपाका नेता विक्रम थापा मुख्य प्रतिशपर्धीका रुपमा रहेका छन् । दोश्रो संविधान सभाको निर्वाचनमा तत्कालीन माओवादी नेतृ हिसिला यमीलाई पराजित गरेर राष्ट्रिय राजनितिमा चर्चामा आएका मानन्धरलाई नै वाम गठबन्धनले प्रतिनिधि सभाका लागि उमेद्वार वनाएको छ र उनी यतिखेर जित सुनिश्चितताका लागि आफ्ना एजेण्डा र भावि योजना लिएर मतदाता कहाँ पुगिरहेका छन् ।

उक्त क्षेत्रमा मानन्धरको व्यक्तिगत लोकप्रियता र प्रभाव त छदैँछ त्यसमाथी एमालेको सुदृढ संगठन माओवादी केन्द्रको साथ र काँग्रेसले समेत आफूले जित्न नसक्ने आँकलन गरेर राप्रपालाई समर्थन गरेका कारण रामविरको जित निश्चित प्राय रहेको जानकारहरु बताउँछन् । साथै उनले विगतमा संसदको रुपमा क्षेत्रको विकासका लागि खेलेका भुमिकाले पनि उनलाई ससक्त उमेद्वारका रुपमा उभ्याएको छ ।

गत स्थानीय तहको निर्वाचनमा काठमाडौं ७ मा कांग्रेसले ११ हजार १५, एमालेले ११ हजार ८ सय ५६, माओवादीले ३ हजार १ सय २० र राप्रपाले १९ सय ६४ मत ल्याएको थियो ।
यहाँ बाम गठबन्धनको पक्षमा १४ हजार ९ सय ७६ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १२ हजार ९ सय ७९ मत रहेको छ । अर्थात यहाँ बाम गठबन्धन १९ सय ९७ मतले अगाडि रहेको छ । स्थानिय तहको मतकै आधारमा पनि बाम गठबन्धन बलियो छ भने रामविरको व्यक्तिगत लोकप्रियताका आधारमा मतान्तर अझै बढ्ने अनुमान गर्न सकिन्छ ।

फेरी किन रोज्ने काठमाठौँ ७ का मतदाताले रामविरलाई ?

१० सम्भवत अधिल्लो व्यवस्थापिका संसदमा रहेका ६०१ मध्ये रामविर मात्र एक त्यस्ता सांसद हुन् जसले संसद विकास कोषबाट प्राप्त वजेट खर्चको सम्पूर्ण हिसाव किताव पारदर्शी रुपमा सार्वजनीक मात्र गरेनन् त्यसको सम्पूर्ण विवरण प्रकाशन गरेर जनताको घरघरमा पुर्याए । काम गर्दा लोभ र लाभमा होइन जनताको आवश्यकतालाई ध्यानमा राखेर वजेट बाँढफाँड गरे ।
२० रामविरको अर्को सशक्त पक्ष भनेको उनको नैतिकता र चरित्रमा कुनै दाग नलाग्नु हो । कतिपय सांसदहरु आफ्नो लाभका लागि कमीशन र घुसखोरीमा चुर्लुम्म डुबिरहदा उनले सम्पूर्ण आर्थिक किर्याकलापलाई पारदर्शी रुपमा सार्वजनिक गरे र यदी कसैले रामविरले अनियमीतता गरेको प्रामाणीत गरे सिंगो राजनितिक जीवन नै परित्याग गर्ने सार्वजनिक रुपमा घोषणा गरेका छन् ।

३० कार्यकालभरि नै संविधान निर्माणमा महत्वपूर्ण भुमिका त खेले नै साथै क्षेत्रको विकासका लागि आवश्यक समन्वय, सहकार्य र सहयोगीको रुपमा उनले निरन्तर भुमिका निर्वाह गरे फलस्वरुप क्षेत्रले केहि न केहि विकासको रुप रेखा कोर्न सफल भयो ।

४० रामविरको अर्को परिचय भनेको अनियमितता र भष्ट्रचारको विरुद्ध खरो रुपले विरोधमा उत्रनु हो । उदाहरणको रुपमा केही समय अगाडी मात्र जग्गा खरिद प्रकरणमा अनियमिततामा मुछिएका नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको कर्तुत विरुद्ध उनले सदन, मिडिया सवैतिर शसक्त आवाज उठाए फलस्वरुप मन्त्री परिषदबाट गोपाल खड्का वखास्तीमा परेका थिए ।

अवको निर्वाचनमा जनतालाई  हिरो बनाउने यस्ता छन् उनका चुनावी एजेण्डा

दोश्रो संविधान सभाको निर्वाचनमा मुख्य त संविधान बनाउने कार्यभार सहित निर्वाचित भएका उनी विकास निर्माणमा पनि उक्तिकै सकृय रहे । आर्थिक विकास र सम्मृद्धी मुख्य एजेण्डाको रुपमा लिएर जनताका माझ गइरहेका उनी विकासका लागि अवको सांसदको भुमिका स्थानिय र प्रान्तिय सरकारसंग समन्वय गरेर बढि भन्दा बढि जनचाहाना अनुरुप काम गर्न समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने बताउँछन् । यदी आगामी निर्वाचनमा आफू निर्वाचिन भए क्षेत्र नम्बर ७ का जनतालाई ज्भ्च्इ बनाउने योजना यसरी सुनाए ।

H-Health

स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भन्ने कुरालाई मध्यनजर गर्दै सम्पूर्ण जनताको स्वास्थ्य विमा लगायत हस्पिटलको स्तर उन्नती साथै जनस्वास्थ्य सम्बन्धी अन्य विभिन्न योजनाहरुलाई प्राभावकारी रुपमा अगाडी बढाउने उनको योजना छ ।

E- Education

शिक्षाले नै जनताको चेतना स्तरलाई मापन गर्दछ, तसर्थ वर्तमान यूग सुहाउँदो २१औँ सतावदीको प्राविधीक शिक्षामा जोड दिदैँ हरेक विद्यालयमा ईलाईव्रेरी र इलर्निङका माध्यामबाट पठनपाठन गराउँन आवश्यक पहल गर्ने उनको योजना छ ।

R- Rich

क्षेत्र नम्बर ७ का जनतालाई लाई धनि र सम्पन्न बनाउनका लागि विभिन्न उद्योग संचालन गर्ने र त्यसबाट रोजगारी सृजना गर्ने उनको उद्येस्य छ । विशेष गरि शिवपुरी नागर्जुन जस्ता पर्यटकीय स्थलको प्रचार प्रसार तथा प्रवद्धर्न गर्ने साथै इटुम्बाहल नरदेवि जस्ता ऐतिहासिक साँस्कृतिक सम्पदाहरुको महत्व उजागर गरि धार्मिक पर्यटनको विस्तार गर्ने बाटोघाटो खानेपानीको विकास र विस्तार गर्ने, वाग्मति, विष्णुमति करिडोरका माध्यमबाट सडक समस्या समाधान गर्ने, क्षेत्रलाई स्मार्ट सिटि र स्याटलाइट सिटीमा रुपान्तरण गर्ने उनको महत्वकाँक्षी योजना छ भने क्षेत्रमा रहेको एउटा मात्र खेल मैदानलाई स्तर उन्नती गरि खेलकुदमा आवस्यक टेवा पुर्याउने योजना छ । क्षेत्रमा रहेको भ्यूटावरलाई आवस्यक प्रचार प्रसार गरि त्यसका माध्यमबाट थप रोजगारी सृजना गर्ने उनको योजना छ । यसका अलवा पर्यटन, उर्जा र जैविक विविधताका उद्योगहरुलाई मुख्य प्राथमिकतामा राखि त्यसको विकास र विस्तारमा भुमिका खेल्ने उनको योजना छ ।

O- Organizer

हरेक कुरामा सुझ बुझ पुर्ण विचार राख्ने, चेतनसिल र विवेकी विचार राख्ने नागरिक निर्माणका लागि र उनीहरुको क्षमता विस्तारका लागि आवस्यक कार्यक्रमहरु संचालन गर्ने उनको योजना छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot