Logo

निर्माण व्यवसायी गौचन हत्यामा संलग्न ५ जना पक्राउ (तस्विरसहित)



काठमाडौं, २८ कार्तिक । नेपाल प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ५ जनालाई आज पक्राउ गरेको छ।

मंगलबार पुलिस क्लबमा सुटर राजिव स्याङताङ, सिबजि महतो, मुकेश कुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई पक्राउ गरिएको छ । त्यस्तै समिरमान बस्नेत, मनोज पुन सहित ६ जना फरार रहेको प्रहरीले जनाएको छ ।

गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरिएको थियो। मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको थिए।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्