Logo

हाम्रो पार्टी हिन्दु राष्ट्र र जनताको मागप्रति कहिल्यै पनि विचलन भएको छैन : सिंखडा



मुलुकमा यतिखेर चुनावी सरगर्मी बढेको छ । हामी चुनावको अन्तिम घडिमा छौं । निर्वाचनलाई स्वस्थ, निश्पक्ष, भयवरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोग एवं सुरक्षा नियकाहरु तयारी अवस्थामा रहेका छन् । राजनतिक दलहरु आ–आफ्नो एजेण्डा सहित जनताको घर दैलोमा मत माग्न व्यस्त छन् ।

नवराज सिंखडा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश नं. ३ का समानुपातिक उमेद्वार हुन् । उनी विगत ४२ वर्षदेखि नेपालको राजनीतिक यात्राका साथ जनताको हरेक दुःख सुखमा सहकार्य गर्दै आएका छन् । उनी काठमाडौं, कागेश्वरी मनोहरा, डाँछीका स्थायी बासिन्दा हुन । उनको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि ठूलो त्याग रहेको छ । उनी नेपालको लोकतान्त्रिक पक्षघरका दरिलो खम्बा हुन । उनले हिन्दु राष्ट्र सहित राजसंस्थाको पनि आवश्यकता रहको कुरा औल्याउँदै आएका छन् । यस निर्वाचनमा लोकतान्त्रिक पक्षको बहुमत आउनेमा विशवस्त छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनताले विगतमा पनि माया गरेको र यस पटक पनि समानुपातिकमा अपेक्षा गरे भन्दा बढि मत दिने उनले ठोकुवा गरे ।

चुनावी अहिलेको चुनावी माहोललाई कसरी हेर्नु भएको छ ?

काठमाडौंको चुनावी माहोल तात्दै गएको छ । १८ वर्ष पछि हुन लागेको प्रतिनिधि सभा र नेपालको इतिहासमै पहिलो पटक हुन लागेको प्रदेश सभाको निर्वाचन हो यो । यसलाई नेपाली जनताले विवेकपूर्ण तरीकाले निर्णय गर्दछ भन्नेमा मलाई विश्वासछ । जनता मौन अवस्थामा छ, चुनावमा कसले वाजी मार्छ, कसको पोल्टामा पुग्छ त्यो आँकल गर्न सकिंदैन ।

काठमाडौं बासीले नयाँ अनुसारलाई विजया बनाएको पाइनछ, त्यस बारेमा तपाईले कसरी बुझ्नु भएको छ ?

अहिलेको चुनाव प्रजातन्वाद र साम्यवादीबीचको लडाई हो । लोकतन्त्रवादी ठगबन्धन बलियो तवरले अगाडी बढेको छ । जुन रुपमा संसारमा साम्यवादको लोप हँुदैन गएको अवस्थामा अप्रत्यसित रुपमा वामपन्थि एकताप्रति जनता सचेत छन् । जनताले गुण र दोसको आधरामा छुट्टयाउने हो । पुरानाले राम्रो र जनहितमा काम गरे भने त्यसलाई जनताले फेरी माया गर्छ, नत्र तिरस्कार गर्नेछ । जनता सेवा चाहन्छन् ।

तपाईलले हालसम्म को कोसंग चुनाव लड्नु भो ?

मैले श्रदय नेता मनमोहन अधिकारी, माधव कुमार नेपाल, इस्वर पौडेल लगायत नेतासहरुसंग चुनाव लडिसको छु ।

जनताले तपाईं र तपाईको पार्टी राप्रपालाई मत दिने आधार के छ ? जनताको सेवा कक्ति को गर्नुभएको छ ?

म यहा कै मासिन्दा हुँ, जनताको प्रत्येक घर पुगेको छु । जनताको सुख दुःखमा होतमालो गरेको छु । म जनताको सेवक हुँ । नेता होइन । यस क्षेत्रको विकासका लागि मैले विभिन्न योजनाहरु बनाएको छु । सडक, विजुली वत्ति, खाने पानी, स्वस्थ्य, शिक्षा तथा जनतासंग प्रत्यक्ष सरोकारका विषयमा लडेको र भिजेको छु । त्यसैले यहाँका जनताले मलाई राम्रोसँग बुजेको छु । जनताले मलाई मत दिनेमा म विश्वस्त छु । राप्रपा जनता र देशको हरेक समस्यामा संगैछ । समानुपातिक भोट भनेको पार्टीको खातामा जम्मा हुने भोट हो । राप्रपालाई जनताले विश्वास र भरोसा गर्दै आएको छ, र अब पनि गर्ने छ । हाम्रो पार्टी हिन्दु राष्ट्र र जनताको मागप्रति केहिल्यै पनि विचलन भएको छैन ।

तपाईं र तपाईको पार्टी जनता समक्ष मत माग्न जाने आधार के–के छन् ?

राप्रपा हिन्दु राष्ट्र सहित राजसंस्थाको एजेण्डा लिएर अगाडी बढिरहेकोछ । राप्रपा मुलुकमा सुशासन, भ्रष्टाचार मुक्त समाज, राष्ट्रिय पहिचानको रुपमा रहेको हिन्दु राष्ट्र र जनतासंग प्रत्यक्ष सरोकार राख्ने सबै पक्षमा राज्यसंग लडिरहेको छ । हामी पूजा आजा मात्र गर्ने हिन्दु राष्ट्र होइन, सनातन धर्मालम्बिहरुको पहिचाल राख्ने सहितको हिन्दु राष्ट्र र अन्य धर्मलाई समान दृष्टिकोण स्थापना गरि मुलुकलाई धार्मीक द्वान्दबाट बचाउन खोजेका छौं । यो राष्ट्रलाई हिन्दु राष्ट्र कायम राख्न सक्यौ. भने लाखौं जनातले रोजगार पाउनेछ । पशुपतिनाथ, मुक्तिनाथ, बराह क्षेत्र, हलेशी, जानकी मन्दिर र गौतम बुद्धको जन्म स्थल लुम्बिनी लगायत प्रशिद्ध धार्मीक स्थलहरुलाई पर्यटकिय क्षेत्र बनाएर पर्यटन विकास गर्न सकिन्छ । युवाहरुलाई कृषिमा व्यवसायीक रुपमा अगाडी बढाउन सकिन्छ । नेपालको पहिचन र सभ्यतालाई जोगाउने एजेण्डामा लड्ने एकमात्र पार्टी हो राप्रपा । त्यसैले जनतामा हामीले मतमाग्न जाने आधारहरु धेरै छन् ।

हिन्दु राष्ट्रको एजेण्डनमा राप्रपामा विचलन आयौ भन्ने आरोप छ नी, वास्तविकता के हो ?

राप्रपा हिन्दु राष्ट्रको एजेण्मा विचन आएको भन्ने कुरा कदाचित होइन । हिन्दु राष्ट्र कायम गर्न राप्रपा लगातार संघर्ष गरिहेको छ, लडिरहेको छ । हाम्रो मुख्य एजेण्डा भनेको हिन्दु राष्ट्र सहितको राजसंस्था, गौमाताको रक्षा, ८४प्रतिशत ॐ कार भएको मुलुक मर्ध निरपेक्ष हुन सकदैन भन्ने हो । निरिपेक्ष भनेको मर्ध नभएको भन्ने अर्थ लाग्छ । राज्य खाली घर होइन । राज्यमा जनता हुन्छ, त्यमा धर्म, संस्कृती, मौलिकता, कला र सभ्यता सबै हुन्छ ।

नेपालमा धार्मीक युद्ध हुने संभावना छ या छैन ?

अहिलेको परिस्थिति देख्दा धार्मीक युद्ध हुने संभावना छ । सानो र कमजो कसैलाई पनि सोच्नु हुँदैन । मुलुक टुक्र्याउनु पर्छ भन्ने तत्वमो उदय भएको छ । मुलुकलाई अच्क्षुण राख्न र संरक्षणको लागि राज संस्था सहित हिन्दु राष्ट्रको पनि आवश्यक छ ।

राप्रपाको चुनावी घोषणा पत्रमा के–के छन् ।

राष्ट्रियताको संरक्षण, हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना गर्न, पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, धार्मिकस्थल विकास गरी दैकिक रुपमा विकराल अवस्थामा आएको वैदेशिक रोजगारीलाई रोक्न, काठमाडौंलाई धुलो र धुवा मुक्त वातावरण, परम्परागत धार्मीकस्थल, गुम्बा मठमन्दिरको संरक्षण गरि

काठमाडौंलाइ हराभरा र स्वस्थ्य बनाउने, उद्योगको स्थापना गरि वैदेशिक रोजगारीलाइ रोक्ने, गौमाताको रक्षा गर्न प्रमुख एजेण्डा रहेका छन् । म प्रदेश सभाको सदस्य भएँ भने, सबै क्षेत्रमा गौशालाको निर्माण गर्ने छु । गौतामा, हिन्दु राष्ट्र साँस्कृतिक सभ्यतालाई संरक्षण गर्नु नै मेरो प्रमुख एजेण्डा हुनेछ ।

राप्रपा र तपाईलाई जनताले कसरी हेरेका छन् ?

जनताले यस भन्दा अगाडिका निर्वाचनहरुमा पनि सबैभन्दा बढि मत दिएकै हो । उनीहरुले हाम्रो पार्टीलाई विश्वास गरेका छन् । हामीमा पनि केही कमी कमजोरी भएका छन् । त्यो जनताले स्थानिय निकायको निर्वाचनमा जवाफ दिए । हामीले गरेका गलत कार्यलाई आत्मालोचना गरि जनतासंग क्षमा मागेको छौं । मर्ध, सस्कृति र विकासको लागि अब जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्नु पर्दछ भन्ने कुरा बुझेका छन् । लोकतन्त्रको संरक्षण, हिन्दु राष्ट्र, साँस्कृतिक सभ्यताको संरक्षण र संविधान कार्यान्यन ्को निम्ति राप्रपाको विकल्प छैन भन्ने कुरा जनताले बुझि सकेका छन् । जनता विश्वसका साथ राप्रपालाई ढुक्क भएर मतदिन तयार छन् ।

तपाईले यहाँका जनता र विकासको लागि के के काम गर्नु भएको छ ?

हामी कार्यान्वयन पक्षमा छैनौ, राज्यलाई घचघच्याउने काम गरेका छौं । हाम्रो पार्टी सरकारमा गएको बेला, परराष्ट्र नीतिमा सच्याउने काम गरेका छौं । राष्ट्रियताको सवालमा छिमेकी राष्ट्रसित दुई देशको हितमा हुने काम गरौैं । असमान सन्धिका बारेमा कुरा उठाएका छौं । स्थानिय विकास मन्त्रालयको जिम्मेवारु समाल्दाखेरि महानगरपालीका र अन्य नगरपालीकामा सोलार वत्तीको बाल्ले काम गरियो, भूमिसुधारको समस्या, मोहीको समस्या ऐन ल्याउने तयारी गरियो, सुकुम्बासीको समस्या लगायतका धेरै काम गरेको छौं । याहाँका जनताको बाटो, सडक, खाने पानी, विजुली बत्ती लगायत हरेक समस्याहरु लिई राज्यको ढोका घचघच्याउन पुगेको छु । हाम्रो पार्टीले भ्रष्टाचार गरेको भनि प्रश्न उठाउने काम गरेको छैन । हामी जनताको शिर उच्च हुने काम गर्छाैं र गरिरहनेछौं ।

काठमाडौंलाई हरा भरा र सुन्दर बनाउन तपाईको दीर्घकालीन योजना के छ ?

काठमाडौं धुलो र धुवाले ग्रस्त छ । यसलाई धुलो र धुवामुक्त बनाउन सकिन्छ । रातको समयमा बाटो निर्माण गर्ने, प्राविधक समस्यालाई छलफल गरि काम गर्ने, राजनीतिक हस्तक्षेप बन्द गर्ने, विकास निर्माण काम गर्दा सरोकारवाला निकायहरुबीच तालमेल र सहकार्य गर्ने । खानेपानी, सडक विभाग, दुरसन्चार विद्युत लगायत सबैको समन्वयगरी विकास गर्नु पर्दछ । यसको लागि दिर्घकालीन योजनाको आवश्यक छ । जनताको सम्पत्ति हडप्न पाईदैन भन्ने पक्षमा म राज्य संग लड्दै आएको छु । निरंकुश भनिएका सरकारले पनि जनतालाई क्षतिपूर्ति दिई, बाटो निर्माण गरिएको थियो । काठमाडौमा पार्क निर्माण, व्यवसायिक कृषि योजना, कृषिमा विमा, व्यवस्थित बजारीकरण लगायतका कार्य गरी काठमाडौं लगायत सबै क्षेत्रलाई धुलो र धँुवा मुक्त बनाई हरा भरा र सुन्दर बनाउन सकिन्छ । यो दिर्घकालीन योजना मसंंग छ । मलाई जनताले विश्वास गरेर यस ३ नंं. प्रदेशको सदस्य बनाएमा यो कार्य पुर्णरुपमा पुरा गरी छाड्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

हिन्दु राष्ट्र र राजसंस्था व्युतने संभाना छ कि छैन ? के देख्नु हुन्छ ?

यो संभावना छ । आत्म निर्णयको अधिकारको बहानामा नेपाललाई टुक्राउने खेल भएको छ । त्यसको संरक्षणको लागि पनि हिन्दु राष्ट्र सहितको राजसंस्था आवश्यक छ । त्यसको लागि आम जनता समक्ष हामीले अपिल गरेका छौं । यदि यो राष्ट्रमा हिन्दुत्व नरहने हो भने मुलुक धार्मिक द्वन्दमा फस्छ । यो निश्चित छ । यो कुरा जनतालाई बुभाउने क्रममा छौं । यो जनताले पनि बुझ्दै गईरहेका छन् ।

लोकतन्त्रवादी र वाम गठबन्धन एकतालाई कसरी हेर्नु भएको छ ?
लोकतन्त्रवादीलाई जनताले यस चुनावमा बहुमत दिन्छन् । यो कुरा मैले ले बुझेको छु । गठबन्धन एकता क्षणिक स्वार्थबाट उदाएको पनि जनाताले बुझेका छन् । यो मुलुकको लागि घातक छ । यसले देश र जनताको भलो गर्दैन । यो साम्यवाद भित्र्याउने खेल हो ।

लोकतन्त्रवादीले बहुमत ल्याउने आधार के देख्नु भएको छ, यहाँले ?

लोकतन्त्रवादी भनेको प्रजातन्त्रको संरक्षण र संविधान कार्यान्यनको जिम्मेवारी बोकेको गठबन्धन हो । लोकतन्त्रवादीको जितबाट मात्र यो संभव भएको कुरा जनताले समिक्षा गरिसेका छन् । जनता साम्यवादलाई भित्र्याउने पक्षमा छैन । त्यसैले यस पटकको निर्वाचनमा लोकतन्त्रवादीको बहुमत आउनेमा म विश्वस्त छु ।



प्रतिक्रिया दिनुहोस्