Logo

कञ्चनपुरमा लेखकको पक्षमा उर्लदौं लहर



कञ्चनपुर, ९ मंसिर । भीमदत्त नगरपालिका वडा न्म्बर १९ को तल्लो बागफाटा टोलमा नेकपा एमाले र एनेकपा माओबादी केन्द्र परित्याग गरि ३५ जना सकृया कार्यकर्ता नेपाली कांग्रेसमा परिबेश गरेका छन ।

पार्टी परित्याग गर्नेमा नेकपा एमालेका मदनलाल चौधरी , माओबादीका सन्तोष चौधरी लगायत ३५ जना स्थानीय नेता तथा कार्यकर्ता छन।

पार्टी परित्याग गर्ने मदनलाल चौधरी २०४६ सालदेखी नेकपा एमालेमा रही विभिन्न जिम्मेवारी पूरा गरिसकेका नेता हुन भने सन्तोष चौधरी २०५२ सालदेखी भुमिगत कालमा नै माओबादीका सक्रिय कार्यकर्ता हुन ।

पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गर्ने नव प्रबेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम कंचनपुर क्षेत्र नम्बर – ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकले आज एक कार्यक्रमका बीच सदस्यता प्रदान गर्नु भएको हो ।

पार्टी प्रबेश कार्यक्रममा बोल्दै एमाले परित्याग गरि पार्टी प्रवेश गरेका मदनलाल चौधरीले भने” बामपंथीहरुले सधै झुठो आश्वासन मात्र दिने र बिकास र समृद्धिको कुनै एजेन्डा नभएकाले कांग्रेस सङ्ग मात्र बिकासको स्पस्ट दृस्टिकोण भएकाले नेपाली कांग्रेस प्रवेश गरेको हु”। सम्पुर्ण कार्यकर्ताहरुलाइ बामपंथीको कुनै पनि भ्रममा नपरी समृद्ध कंचनपुर निर्माणका लागि रमेश लेखक लाई मतदान गर्ने आव्हान समेत चौधरीले गरे ।

कंचनपुर क्षेत्र नम्बर -३ मा दिन प्रतिदिन पार्टी प्रबेश गर्नेको संख्या बढ्दै गएकाले लोकतान्त्रिक गठबन्धन लाई बिजयी हुन बाट कुनै पनि शक्तिले रोक्न नसक्ने कांग्रेस कंचनपुरका सचिब दिवाकर पाण्डेले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot