Logo

१४ जिल्लामा डिजिटल भिलेजः सन्चारमन्त्री बस्नेत



‘दाङ पाँच नम्बर प्रदेशको राजधानी बन्छ’
शरद रेग्मी : दाङ १६, मसिर । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सात प्रदेशका १४ जिल्लालाइ सुचना प्रविधिको पहुच बढाउन डिजिटल भिजेज बनाउने उद्घोष गरेका छन् । त्यसमा दाङ पनि परेको बताएका छन् । त्यसकालागी जिल्लाका सामुदायिक विद्यालयहरुमा निशुल्क कम्प्युटर र इन्टरनेट सेवा समेत सन्चालन हुने उनले बताए ।

‘हामी सुचना प्रविधिमार्फत मु्लुकलाइ जोड्न चाहन्छौं, त्यसैले सामुदायिक विद्यालयहरुबाट यो अभियान सुरु भैसकेको छ’—रिपोटर्श क्लव नेपाल प्रदेश नंवर ५ ले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री बस्नेतले भने । त्यसैगरी उनले लोकतन्त्रलाइ बलियो बनाउन सन्चारकर्मिहरु सवल बन्नुपर्ने भन्दै सन्चारकर्मिहरुलाइ इन्टरनेट सेवाकालागी ६० प्रतिसत छुट दिने पनि बताए ।

‘लोकतन्त्रलाइ संहाल्ने मिडियाहरु हुन्, त्यसैले हामीहरु मिडियाको विकाशप्रति गम्भीर र्छौ’—क्लवका प्रदेश संयोजक शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बस्नेतले भने । त्यसैगरी उनले दाङको समृद्धिकालागी एयरपोर्ट र अस्पतालको स्तरबृद्धिकालागी सरकार गम्भीर रहेको पनि उनले बताए ।

त्यसै अवसरमा उनले कम्युनिष्ट गठवन्धनले मुलुकमा अधिनायकवाद मात्रै ल्याउन खोजेको भन्दै अव लोकतन्त्रका पक्षमा नेपाली कांग्रेसको विजय निश्चित भएको पनि बताए । ‘दुधमा थोरै पानी मिसाए केहि फरक पर्दैन, तर चौलानीमा पानी मिसाए कस्तो होला?’कम्युनिष्ट गठवन्धनलाइ संकेत गर्दै बस्नेतले भने ।
प्रदेश राजधानी दाङमै

मन्त्री बस्नेतले पाँच नम्बर प्रदेशको राजधानी दाङ बन्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल दाङले तुलसीपुरमा गरेको विशेष साक्षात्कारमा मन्त्री बस्नेतले यस्तो अभिव्यक्ति सार्वजनिक गरे । ‘म सञ्चारमन्त्री हुँ, कांग्रेसको सिपाही पनि हुँ,, अहिले सञ्चारमन्त्रीको हैसियतमा बोल्दै छु, दाङ पाँच नम्बर प्रदेशको राजधानी बन्नेछ, अब हुने छ ।’

तर त्यसकालागी नेपाली कांग्रेसलाइ विजयी बनाउन आवस्यक छ । कार्यक्रममा निर्वाचन क्षेत्र नंवर ३ का उम्मेदवार तथा पुर्व सिंचाइमन्त्री दिपक गिरीले नेपाली कांग्रेस अव ग्रेट भिजनमा गैसकेकाले लोकतान्त्रिक आन्दोलनलाइ अव सहज निर्वाचनबाट निकाशा दिनुपर्ने बताए । उनले कम्युनिष्ट गठवन्धन चिराचिरा परीसकेको भन्दै मतदाताहरुले नेपाली कांग्रेसका सवै उम्मेदवारहरुलाइ विजयी बनाउनेमा ढुक्क रहेको बताए । कार्यक्रममा सिचाइ राज्यमन्त्री अमरसिह पुनको समेत उपस्थीति रहेको थियो ।

शनीवार मन्त्री बस्नेतले तुलसीपुरमा रहेको राष्ट्रिय समाचार समितिको नवनिर्मित भवन संगै हेमन्तपुरमा रहेको रेडियो नेपालको टावरको समेत स्थलगत अनुगमन गरेका छन् । यस अघि मन्त्री बस्नेतले निर्वाचनका सन्दर्भमा जिल्लाका पार्टि नेता तथा कार्यकर्ताहरुसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पनि सहभागि भएका थिए ।



प्रतिक्रिया दिनुहोस्