Logo

सप्तरी–२ मा उपेन्द्र यादव ५ हजार बढी मतले अगाडि



काठमाडौं, मंसिर २३ : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–२ मा ५ हजार भन्दा बढी मतले अग्रता लिएका छन्। उनले प्रतिष्पर्धी वाम गठबन्धनका माओवादी उम्मेदवार उमेश यादवलाई ५ हजार ४ सय ६२ मतले पछाडि पारेका छन्।

उपेन्द्र यादवले १३ हजार ४ सय ४४ मत ल्याएका छन्। वाम गठबन्धनका उमेश यादवले ७ हजार ९ सय ८२ मत ल्याएका छन्। मतगणना जारी छ।



प्रतिक्रिया दिनुहोस्