Logo

सरकार गठन र पार्टी एकता प्रक्रिया एकसाथ बढाउनुपर्छ : माओवादी नेता खनाल



२८ मंसिर, काठमाण्ठौ । नेकपा माओवादी केन्द्रका नेता चक्रपाणी खनालले वाम गठबन्धनले संगठनात्मक र सरकार गठनलाई एकसाथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । सरकार गठन र वाम एकताका लागि बहस सुरु गर्ने समय आएको खनालले बताए ।

कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका लागि विजयी भएका खनालले नेतृत्वमा क्षमता भएर मात्रै नहुने भएकाले जनताको तहसम्म एकताको सन्देश दिनुपर्ने बताए ।

चुनाव अगाडि गरेका बाचा पूरा नगरी एमाले र माओवादीलाई अरु कुनै विकल्प नभएको उनले बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता खनालले पार्टी एकताका लागि केही समस्या आउने भए पनि समाधान गरेर अगाडि बढ्नुपर्ने बताए ।

“सांकेतिक कुराहरु जे आइरहेका छन्, शीर्ष नेताहरुबाट आएका अभिव्यक्ति हेर्दा समस्याको चर्चा चलेको छ । तर त्यो केही होइन । अहिले एकताको विकल्प छैन ।” खनालले भने ।

पार्टी परिचालन र प्रधानमन्त्रीको मुख्य टुङ्गो लगाउनुपर्ने भन्दै खनालले यसका लागि ठूलो समस्या नआउने जिकिर गरे । अबका दिनमा साठी चालिसको भागबण्डा अन्त्य गर्नुपर्नेमा खनालले जोड दिएका छन् ।

वाम गठबन्धनले पाएको बहुमतको व्यवस्थापन गर्न नसक्ने हो भने वा पदको झगडाका कारण पार्टी एकता गर्न नसके जनमत नै धरापमा पर्ने चेतावनी खनालले दिए ।

सात प्रदेशमध्ये ६ वटामा वाम गठबन्धनले सरकार बनाउने बताउँदै खनालले भागबण्डाको विषयमा अहिले केही भन्न नसकिने बताए । भगबण्डाको लडाई नगरिने खनालको दाबी छ ।

प्रधानमन्त्र को बन्ने वा पार्टीको नेतृत्व कसले गर्ने भन्ने अहिले नै टुङ्गो नलागको उनले बताए ।
एमाले र माओवादी मात्र नभै अन्य साना दलहरु पनि गठबन्धनमा भएकाले सबैसँगको छलफलले टुङ्गो लगाइने खनालको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्