Logo

संविधान संशोधनमा सकारात्मक भए हामी सरकारमा जानेबारे सोच्न सक्छौं : श्रेष्ठ



काठमाडौं, २८ मंसिर ।संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले अब बन्ने सरकार संविधान संशोधनमा सकारात्मक भए सरकारमा जानेबारे आफूहरुले सोच्न सक्ने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले थपे,‘बहुमत प्राप्त वाम गठबन्धनले कस्तो नीति लिन्छ ? भन्नेमा भर पर्छ र संविधान संशोधनमा सहकार्य गर्न चाहन्छौं भनेर भन्नुभयो भने हामी सहकार्य गर्न सक्छौं, वाम गठबन्धनले हाम्रो आवश्यकत्ता महशुस गर्नुपर्यो, यदि त्यस्तो महशुस गर्यो भने हामी सोच्न सक्छौं।’ उनले राजनीतिमा रणनैतिक रुपमा मात्रै शत्रु र मित्रु हुने भन्दै कार्यनैतिक रुपमा कोही पनि शत्रु र मित्रु नहुने भएकोले आफूहरुलाई प्रस्ताव आए सकारात्मक हुने बताए ।

नेता श्रेष्ठले केन्द्रिय सरकारमा जानेबारे औपचारिक निर्णय नगरेको बताउँदै थपे,‘हाम्रो पार्टी कुनै पनि गठबन्धनमा सहभागी हुँदैन भनेर मैले पहिल्दैदेखि नै भनेको हो, तर सिटको लागि तालमेल हुन्छ भनेर भनेको, त्यो भयो पनि।’
२ नम्बर प्रदेशमा आफ्नो पार्टी ठूलो दल भएकोले मुख्यमन्त्रीमा आफूहरुको दाबी रहने उनको भनाई थियो । उनले थपे,‘मैत्रीपुर्ण ढंगले चुनावी प्रतिष्पर्धामा उत्रिएका र सहकार्य गरेका दलहरुले हामीलाई समर्थन गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ।
उनले राजपा र फोरमवीच पार्टी एकताको तत्काल गृहकार्य केही नभएको उल्लेख गर्दै भने,‘हाम्रो पार्टीले संघवाद र समाजवादमा विश्वास गर्ने भएकोले यी दुई वादमा विश्वास गर्ने दलहरुसँगमात्रै एकता हुन सक्छ, अहिले एकताको लागि कुनै गृहकार्य भएको छैन, बरु विगतमा नयाँ शक्तिसँग गृहकार्य भएको थियो, तर हामी आवयश्कत्ता अनुसार परिवर्तनकारी शक्तिहरुवीच एकताको लागि हाम्रो ढोका खुल्ला छ।’



प्रतिक्रिया दिनुहोस्