Logo

अध्यादेश विवादको गाँठो फुक्दै : देउवासँग ओली नरम भए



काठमाडौं, ७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सभासम्बन्धी अध्यादेशबारे आफ्नो पूर्ववर्ती अडानबाट लचिलो बनेका छन् ।

राष्ट्रियसभाको प्रतिनिधित्व प्रणालीमा एकलसंक्रमणीय लागू हुने/नहुने विषयमा पनि दलबीच मतान्तर रहेको बेला ओलीले अब एकलसंक्रमणीय प्रणालीमा नै जान सकिनेबारे लचकता प्रस्तुत गरेको स्रोतको दाबी छ ।

यसअघि ओलीले ताजा जनादेशअनुसार सरकार गठनमा कुनैपनि हालतमा अवरोध नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्दै आएका थिए । तर, कांग्रेसले कुनैपनि हालतमा बहुमतीय प्रणालीमा जान नसकिने अडान पटक पटक दोहोर्याएपछि वाम गठबन्धनका नेताद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड झस्किएका हुन् ।

ओली र प्रचण्डले अब सरकार गठनमा ढिलाई गर्न नहुने निश्कर्ष निकाल्दै त्यसको लागि कांग्रेससँग लचकता अपनाउने तयारी गरेको स्रोतको दाबी छ ।
आज विहान प्रधानमन्त्री देउवाले डाकेको ५ दलको बैठकमा समेत यसबारेमा सहमति खोज्ने प्रयास भएको थियो । तर, नेताहरुवीच मतान्तर कायमै रहेकोले सहमति हुन सकेको थिएन ।

आजको बैठकमा ओलीले राष्ट्रियसभा गठनमा कुनैपनि हालतमा एकलसंक्रमणीय प्रणालीमा जान नसकिने अडान राखेका थिए ।

संविधान, कानुन, जनादेश र दलहरुबीचको सहमतिबाटै अगाडि बढ्ने प्रतिबद्धता भने दलहरुले जनाएका छन् । आमनिर्वाचनपछि देखापरेको संवादहीनताको अवस्थालाई तोड्न प्रधानमन्त्रीले बोलाएको बैठकमा कांग्रेसको लाईनमा महन्थ ठाकुर र उपेन्द्र यादवपनि उभिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot