Logo

कांग्रेस नेताहरुसँग राष्ट्रपतिले भनिन्,‘अब म छिट्टै निर्णय गर्छु’



काठमाडौं, ७ पुस । राष्ट्रिय सभासम्बन्धी अध्यादेश वारेको विवाद सल्झाउन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी छिन् ।

शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा भएको छलफलमा कांग्रेस नेताहरुले सरकारले पेश गरेको अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने धारणा राखेका छन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले पेश गरेको अध्यादेश जतिसक्दो चाँडो स्विकृत गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
बैठकमा नेता कृष्णप्रसाद सिटौलाले अन्र्तराष्ट्रिय अभ्यासमा समेत अध्यादेश रोक्न नहुनेबारे राष्ट्रपतिको ध्यानाकार्षण गराएका थिए ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आफूहरुले अध्यादेश जारी गर्नुपर्नेबारे धारणा राखेको जानकारी दिए । उनका अनुसार राष्ट्रपतिले आफूले सबैको कुरा सुनेकोले अब चाँडो भन्दा चाँडो निर्णय गर्ने वचन दिएकी थिईन् ।

छलफलमा कांग्रेस नेताहरु प्रधानमन्त्री देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र कानूनमन्त्री यज्ञबहादुर थापा सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot