Logo

मर्केलले माक्रोनसँग पेरिसमा वार्ता गर्ने



पेरिस, ३ माघ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग जर्मनकी चान्सलर एन्जेला मर्केलले शुक्रबार भेटवार्ता गर्नुहुने भएको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले दुई जनाका बीचमा पेरिसमै वार्ता हुने तय भएको बुधबार जनाएको छ ।

उहाँहरूले युरोपेली संघको पुर्नगठन, संघको भविष्य र भावी प्राथमिकताका बारेमा छलफल गर्नुहुने भएको छ ।आउँदो आइतबार जर्मनीका झण्डै छ सय जना सोसियल डेमोक्रेट्स प्रतिनिधिहरूसँग अन्तरक्रिया हुने कार्यक्रम रहेको छ ।

नेतृ मर्केल गत १२ वर्षदेखि राजनीतिक नेतृत्व र शक्तिमा हुनुहुन्छ । उहाँले जर्मनी र युरोपका लागि नयाँ र ताजा कदम चाल्नुहुने अपेक्षा गरिएको छ । (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्

Screenshot