Logo

देव गुरुङ माओवादीको प्रमुख सचेतक



काठमाडौं, २५ फागुन : माओवादी केन्द्रले सांसद् देव गुरुङलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको छ। माओवादीको विस्तारित बैठकले उनलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले पत्रकार ऋषि धमलालाई जानकारी दिईन् ।

सोही बैठकले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय पनि गरेको हो।पहिलो संविधान सभामा पनि गुरुङ प्रमुख सचेतक थिए।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot