Logo

आर्यन शाहीको मार्मिक शब्द, संगीतमा ‘तिमी र म’–भिडियो सहित



काठमाडौं, ३० फागुन । कलाकारिताको क्षेत्रमा आर्यन शाही जमेको नाम हो । विगत पाँच-सात वर्षयता उनी निरन्तर यस क्षेत्रको विकास र संरक्षणमा जुटिरहेका छन् । काठमाडौंको शान्तिनगर स्थायी भएका शाहीले पप गीतबाट आफ्नो सांगितिक यात्राको आरम्भ गरेको बताउछन् ।

उनले ‘मलाई माफ गरिदेउ’ बोलको पप गीतमा स्वर दिएर शूरु गरेको यो सांगीतिक यात्रा जीवनभर निरन्तर जारी राख्ने बताउछन् । अँधेरी रातमा, जब सुने लगायतका एक दर्जन बढि गीतमा आवाज भरेका छन् । उनी गीतमा आवाज दिन्छन्,शब्द संगीत सिर्जना गर्छन् र साथै पछिल्लो समयमा भिडियो निर्देशनको पाटोलाई सफल तरिकाले सम्हाली रहेका छन् ।

पछिल्लो समय उनै शाहीको सुमधुर स्वर रहेको ‘तिमी र म हिडेको त्यो गोरेटो’ बोलको पप गीत बजारमा आएको छ । यस गीतमा आर्यन शाहीको शब्द,संगीत र स्वर रहेको छ भने यस गीतको म्यूजिक भिडियो निर्देशन पनि आर्यनले नै गरेका छन् । यस गीतमा जस्मिन लाखे, सुनिल शाह र सुरक्षा शाह ठकुरीको अभिनय देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot