Logo

मलाला ६ वर्षपछि पाकिस्तान फर्किइन्



काठमाडौं, १५ चैत । नोबेल शान्ति पुरस्कार विजेता युसुफजाई मलाला ६ वर्षपछि पाकिस्तान फर्किएकी छन् । तालिबान चरमपन्थीले गोली हानेपछि बेलायतको बर्मिङघममा बस्दै आएकी मलाला पहिलो पटक पाकिस्तान फर्किएकी हुन् ।

२०१२ मा महिला शिक्षाको प्रचारमा जुटेकी मलालालाई चरमपन्थीले आक्रमण गरेका थिए । मलाला अहिले २० वर्षकी भइन् र प्रखर मानवअधिकारवादी कार्यकर्ताको रुपमा आफ्नो पहिचान बनाएकी छन् ।

उनले पाकिस्तान भ्रमणका क्रममा प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई पनि भेट्ने अपेक्षा गरिएको छ । तर, उनको भ्रमणबारे धेरै जानकारी गोप्य राखिएको छ ।

बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलको टेलिभिजन फुटेजमा उनीसँग आमाबुवा पनि देखिएका छन् । उनको भ्रमण चार दिनको हुने बताइएको छ । तर, उत्तर पश्चिमको स्वात घाटीमा रहेको आफ्नो पुरानो घर जाने नजाने निश्चित छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot