Logo

कालिकोटमा आवाशिय विद्ययालय स्थपानाको लागि साँस्कृतिक कार्यक्रम



कालिकोट, १५चैत । जिल्लाको रास्कोट नगरपालिकाको लेकालि भागमा रहेको प्रयटकिय स्थल देउरा पाटनमा नेपाल कै सुविधा सम्पन्न आवाशिय बिद्यालय स्थापना हुने भएको छ ।

कर्णाली फाउण्डेशनको पहलमा कालिकोट जिल्ला कै रमणीय पर्यटकिय क्षेत्र सिप्टी बिशालीमा पर्ने देउरा पाटन सुविधा सम्पन्न डिजिटल आवाशिय बिद्यालय स्थापना हुने भएको हो ।
कर्णाली फाउण्डेशनले बुधबार पत्रकार सम्मेलन गरेर कालिकोटको रास्कोट नगरपालिकाको सिप्टी बिशालीमा नेपाल कै सुविधा सम्पन्न आवाशिय बिद्यालय स्थापना गर्नका यही चैत २४ गते रास्कोटमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

उक्त सांस्कृतिक कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, नेपाल कै चर्चित कलाकारहरु केदार घिमिरे, पुस्कल शर्मा, सुकदेव अधिकारी र मध्यपश्चिम कै चर्चित डान्सर माया मगर लगायतका कलाकारहरु आउने जनाएको छ ।

कार्यक्रममा बिद्यार्थीहरुलाई शुःल्क प्रतिव्यक्ति ५० र अन्यलाई १ सय लाग्ने आयोजकले जनाएको छ । कर्णाली फाउण्डेशनका अध्यक्ष तिलक उपाध्यायले पत्रकार सम्मेलन मार्फत जानकारी दिदै कालिकोट जिल्लाको निकै सम्भावना रहेको रास्कोटको पर्यटकिय क्षेत्र सिप्टी बिशालीमा सुविधा सम्पन्न आवाशिय बिद्यालय, अर्गानिक कर्णाली भान्सा घर, आलु र स्याउको परिकार मात्र पाईने रिसार्ट, ३ स्टार होटेल, नेपालकै ठुलो अनुसन्धान केन्द्र, ध्यायन केन्द्र, प्राबिधिक शिक्षालय, हर्बल टी फ्याक्ट्री, स्याउ फारम, भैसी फारम र सिप्टीको देउरा पाटनमा नेपालकै ठुलो शीव मन्दीर स्थापना गर्ने जानकारी दिए ।

उनले त्यसका लागि रास्कोट लगायतका मुलुकका बिभिन्न सहरहरुमा च्यारेटि सो, तीन तहका सरकारबाट सहयोग र एनआरएनको सहयोग लिने बताए ।उनले कर्णाली फाउण्डेशन मार्फत आगामी २०७५ सालको दशैसम्म सिप्टी बिशालीमा खानेपानी, बिद्युत र सडक पु¥याउने र आगामी २ बर्ष्भित्र सिप्टीमा बिद्यालय संचालनमा ल्याउने बताए ।

उनले भने, यस परियोजनाले रास्कोट नगरपालिकाका पहिलो चरणमा मात्र ५ सय जना स्थानिय नागरिकहरुले रोजगारी पाउनुका साथै बाबु कर्मचारी, छोरो बिद्यालय पढ्ने बाताबरण बनाईनेछ ।

उनले कर्णाली प्रदेशका १० जिल्लाका बिपन्न, दलित, जनजाती लगायतका बिद्यार्थीहरुलाई सत प्रतिशत छात्रबृत्रिको व्यवस्था गर्ने र त्यस बाहिरका बिद्यार्थीहरु पढ्न आउन चाहे शुल्क तिर्नुपर्ने बताए ।

उनले त्यसका लागि रास्कोट नगरपालिकालाई सार्बजानिक जग्गा भाडामा दिन आग्रह गरिएको र नीजि जग्गा खरीदका लागि पनि स्थानिय जग्गा धनीहरुसँग पनि छलफल गरिने बताए ।उनले सिप्टीमा स्थापना गरिने बिद्यालय नेपालकै स्वच्छ हावा पानी, रमणीय ठाँउ र सुविधा सम्पन्न हुने वताएका छन ।

सँगै स्थापना गरिने ३ स्टार होटेलमा बिदेशी पर्यटकहरु तान्ने, अनुसन्धान केन्द्रमा मुलुकका सबै बिश्वबिद्यालयमा अध्यायनरत बिद्यार्थीलाई खान बस्नको निशुल्क व्यवस्था गरिदिएर अनुसन्धानका लागि हायर गरिने बताए ।

उनले त्यस बापत ती बिद्यार्थीहरुले आफुहरुले संचालन गरेको बिद्यालयमा दैनिक दुई वटा कलाश लिनुपर्ने व्यवस्था गर्ने बताए । कालिकोट जिल्लाकै पहिचान र सम्बृद्धिका लागि आफुहरुले कर्णाली फाउण्डेशन दर्ता गरेर लागिप रेको बताउदै उनले यस अभियानमा सबैले सहयोग गर्न आग्रह समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot