काठमाडौं, २८ चैत । डिआईजी रमेश खरेलले पदबाट आज राजीनामा दिएका छन् । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि असन्तुष्ट खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् ।
उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताएका छन् ।