Logo

प्रधानमन्त्री ओलीद्वारा शैक्षिक मेलाको उद्घाटन (फोटोफिचर)



काठमाडौं, १० जेठ । काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा पाँचौं ‘कान्तिपुर हिसान एडुफेयर-२०१८ (कान्तिपुर हिसान शैक्षिक मेला) को उद्घाटन गर्नु भएको छ । एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई थप अध्ययनका निम्ति परामर्श दिने उद्देश्यसहित बिहीबार सुरु भएको छ ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ नारासहित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले विगत पाँच वर्षदेखि मेलाको आयोजना गर्दै आएका छन् ।

चारदिनसम्म चल्ने उक्त शैक्षिक मेला काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुँदैछ । कार्यक्रमको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीका साथै शिक्षामन्त्री गिरिराजमणि पोखरेल, हिसानका अध्यक्षलगायतले सम्बोधन गरेका छन् ।

मेलामा शिक्षाविज्ञसहित युवाहरूबीच ‘संघीयतामा शिक्षा’ लगायत विषयमा अन्तक्र्रिया हुनेछ । मेलामा चर्चित क्रिकेटर सन्दीप लामिछाने पनि सहभागी हुने भनिएको छ ।

 

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot