काठमाडौं, २० असार । नेपाली काँग्रेसका नेता प्रदिप पौडेलको नेतृत्वमा काँग्रेस कार्यकर्ताहरूले सरकारले लगाएको निषेद्याज्ञा तोड़ेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यलय सिंहदरबार नजिकै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुलाई साथमा लिएर पौडलले निषेद्याज्ञा तोडेका हुन ।
माइतीघर मण्डलामा बुधबार दिउँसो पौने ३ बजे निषेधित क्षेत्र तोडिएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेलको नेतृत्वमा काँग्रेस कार्यकर्ता र विद्यार्थीहरु समूहले निषेधित क्षेत्र तोडेको हो । व्यापक प्रहरी परिचालनका बाबजुद पनि निषेधित क्षेत्र तोडिएको हो।
संसदमा समेत निषेधित क्षेत्र तोड्ने बारे नेपाली कांग्रेसले आन्दोलन गर्ने र विरोधमा कडा रुपले प्रस्तुत हुने बताएको छ । त्यही रणनीति अनुसार काँग्रेस नेता पौडेलको नेतृत्वमा बृहद प्रदर्शन गरेको हो।
गृहमन्त्री राम बहादुर थापा बादलले जारी गरेको एक सातापछि काँग्रेसले निषेधाज्ञा तोडेको हो। कार्यक्रमलाई प्रदिप पौडेल, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायतले सम्बोधन गरेका थिए ।
उनिहरुले गंगामाया अधिकारी, डा गोविन्द केसी लगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए। उनिहरुले माइतिघर मण्डलाको मध्य भागमा तीन पटक घुमेर प्रदर्शन गरेका थिए ।
काँग्रेसका र नेविसंघका कार्यकर्ताहरूले निषेद्याज्ञा तोड्दै केपी ओली र सरकार बिरूद्ध नारावाजी गरेका थिए । प्रर्दशनका क्रममा २ बिद्यार्थी अर्वत खड्का र निरञ्जन थापा घाईते भएको नेविसंघका उपाध्यक्ष राम प्रसाद अधिकारीले जानकारी दिए ।
तस्विर : मुकुन्द कालिकोटे