काठमाडौं, ४ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डाक्टर गोविन्द केसीलाई आज भेटेर माग पूरा नभएसम्म अनशन जारी राख्न सल्लाह दिएका छन् ।
त्रि.वि. शिक्षण अस्पतालमा अनशनरत तथा उपचरार्थ डाक्टर केसीलाई आज सभापति देउवाले भेटेर भनेका थिए,‘डाक्टर साहप गो अ हेड, म तपाईको साथमा छु, माग पूरा नभएसम्म अनशन जारी राख्नुहोस ।’
सरकारले जुन दुव्र्यवहार जुम्लामा गर्यो त्यसको आफ्नो पार्टीले भत्र्सना गरेको सुनाउँदै उनले आफूहरुको पूर्ण साथ र सहयोग डाक्टर केसीलाई रहेको पनि सुनाएका थिए ।
देउवाले अनसनरत डाक्टर गोविन्द केसी कसैले उचालेर अनसन नबसेको बताएका छन्। शुक्रबार त्रिवि शिक्षण अस्पतालमा डाक्टर केसीलाई भेटेर फर्किएका देवाले डा.केसीको माग तुरून्त पुरा गर्न सरकारलाई अनुरोध गर्दै उनी कसैले उचालेर नउचालिने मान्छे भएको बताएका हुन्।
‘डा.केसी कसैले उचाल्दा उचालिने मान्छे हो र?, ’ सञ्चारकर्मीसँग देउवाले भने,‘मैले उहाँको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेरै मागबारे अगवत गराएको छु।’
देउवाले डाक्टर केसीको स्वास्थ्यमा खेलबाड नगर्नु भन्दै उनको माग पुरा गराउने सबै सर्वसाधारण जनतालाई साथ दिन आग्रह गरेका छ्न्।
त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु राजकिशोर यादव, अनिल झा, र महेन्द्र राय यादवपनि डाक्टर केसीलाई भेट्न गएका थिए । केसीका मागहरु जायज रहेको सुनाउँदै उनीहरुले सरकारले तत्काल केसीसँग वार्ता गरेर माग पूरा गर्नुपर्ने धारणा राखेका थिए ।