काठमाडौं, १४ साउन । युवा प्रर्वद्धक एवम् दिपेन्द्र कँडेल ईनिसिएटिभका अध्यक्ष दिपेन्द्र कँडेल र कार्यकारी निर्देशक शान्ता शर्माले जिम्बाबेको हार्मोनाईज्ड ईलेक्शन २०१८ को अवलोकन गरेका छन्।
कँडेल र शर्मालाई जिम्बाबेको परराष्ट्र मामिला मन्त्रालयले उक्त निर्वाचन पर्यवेक्षणको लागि आमन्त्रण गरेको हो । जिम्बाबेमा कस्तो निर्वाचन हुन्छ भनेर जान्ने ईच्छा भएकोले आफूहरु प्रत्यक्ष अवलोकनको लागि त्यहाँ गएको ईनिसिएटिभकी कार्यकारी निर्देशक शर्माले जानकारी दिईन ।
उनले भनिन्,“यहाँको निर्वाचन कसरी हुँदो रैछ ? निश्पक्षता हुन्छ कि हुँदैन, मतगणना प्रक्रिया कसरी अघि बढ्छ लगायतका विषयबारे जान्ने ईच्छा थियो, त्यसैले हामी यहाँ आएका हौं ।”
कँडेल ईनिसिएटिभले जिम्बाबे सरकारसँग सहकार्य गर्दै काम गर्ने चाहना प्रकट गरेको छ । त्यसैको पहिलो कदमस्वरुप आफूहरु यहाँ कसरी नेताहरु चयन हुँदा रैछन भनेर जान्नको लागि निर्वाचन पर्यवेक्षकको रुपमा आएको शर्माले जनाईन् ।
उनले थपिन्,“यो निर्वाचन अत्यन्तै शान्त, स्वच्छ र निश्पक्ष वातावरणमा सम्पन्न भएको छ, विहान ६ बजे मतदान सुरु भएर साँझ ७ बजे सम्पन्न भयो ।”
उता कँडेलले भने विश्वमै पहिलोपटक निर्वाचनको ईतिहाँसमा थिंक ट्यांकमा आवद्ध व्यक्तिहरुले पनि निर्वाचनको पर्यवेक्षण गरेको दाबी गरे । उनले भने,“मलाई लाग्छ हाम्रो यो निर्वाचन पर्यवेक्षणपनि यहाँको सरकारसँग सहकार्य गर्नेबारे पहिलो पाईला हो, हामी अत्यन्तै खुशी छौं ।”
निर्वाचन पर्यवेक्षणको लागि नेपालबाट दिपेन्द्र कंडेल र शान्ता शर्मा जिम्बाबे गएका हुन् ।