Logo

दलहरुबीच जुटेन सहमति, जोशीको नियुक्ति अन्योलमा



साउन १६, काठमाण्डौ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय गर्न भनेर बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक निष्कर्षविहिन भएको छ ।

दलहरुबीच सहमति नजुट्दा बैठकले कुनै निर्णय गर्न नसकेको हो । केहीबेर अघि सकिएको बैठकले निर्णय गर्न नसकेको हो ।

अर्को बैठक शुक्रबार बस्ने भएको छ । समितिले १० गते नै सुनुवाई गरेको थियो ।

त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भयो भने बुधबारसहित दुई वटा बैठक बसेर पनि जोशीबारे कुनै निर्णय लिन सकेन । बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्