Logo

अशोक दर्जी धमलाको हमलामा, ऋषि धमलालाई सुनाए गीत (भिडियोसहित)



काठमाडौं, २१ साउन । चर्चित बाल गायक अशोक दर्जीले पत्रकार ऋषि धमलालाई थुप्रै गीत गाएर सुनाएका छन् । आइतबार साँझ हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम धमलाको हमलामा उनले विभिन्न गीत गाएर सुनाएका थिए।

चर्चित संगीतकार टंक बुढाथोकीसँगै स्टुडियोमा आईपुगेका बाल गायक दर्जीले आफ्नो स्वरबाट प्रधानमन्त्री केपी शर्मा ओलीपनि प्रशन्न भएको कुरा पत्रकार धमलालाई सुनाउन भ्याए । उनले भने,”प्रधानमन्त्रीज्यूसँग पनि मेरो भेट भयो । उहाँले मेरो स्वर भगवानले नै दिएको गिफ्ट हो भन्नुभयो । म खुशी छु ।”

आफूलाई चिनाउनको लागि र यो स्थानमा ल्याईपुर्याउन टंक बुढाथोकीको ठूलो हात रहेको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्