Logo

समाजमा बलात्कारको त्रास, सरकार मुकदर्शक



साउन २३, काठमाण्डौ । पछिल्लो समय हत्या र बलात्कारका घटना बढेको पाइएको छ । समाज नै आतंकित हुने गरी एकपछि अर्को घटनाले त्रास फैलिएको छ । यस्ता घटना नियन्त्रण गर्नका लागि सरकार कति सफल भयो भन्ने प्रश्न पनि उठेको छ ।

पछिल्लो समय भएका बलात्कारका घटना
साउन ५ गते तेह्रथुमको आठराई गाउँपालिका खाम्लालुङमा गोठालो गएकी नौ वर्षीया बालिका जंगलमै बलात्कृत भइन । ५४ वर्षीय घिमिरे साइँला भनिने चक्रबहादुर लिम्बूले तीन हजार दिने लोभ देखाएर उनलाई बलात्कार गरेका थिए । काभ्रे तेमाल गाउँपालिका–१ की नौ वर्षीया एलिसा तामाङको २० असारमा बलात्कारपछि हत्या नै गरियो । २० असारमा अछामको साँफेबगर नगरपालिका–११ की आठ वर्षीया बालिका बलात्कृत भइन । १७ साउनमा काठमाडौंको कलंकीमा सशस्त्र प्रहरीका दुई जवानबाट एक युवती बलात्कृत भइन् । ३२ असारमा सिरहाको लहान बजारमा औषधि किन्न गएकी एक महिलालाई अपहरण गरी गाडीभित्रै सामूहिक बलात्कार गरियो ।

साउन एक गते कञ्चनपुरको पुनर्वास नगरपालिकाकी ३९ वर्षीया महिला बलात्कृत भइन् । १० साउनमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखुरीकी २० वर्षीया युवती ३२ वर्षका बिन्तिराम चौधरीबाट बलात्कृत भइन् । १६ साउनमा कन्चनपुरको पुनर्वास नगरपालिका–२ की १६ वर्षीय बालिकालाई २६ वर्षीय विकास बुढाले जबरजस्ती गरे । १८ असारमा पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीय एक किशोरी छाउगोठमै सामूहिक बलात्कृत भइन् । २० साउनमा सुर्खेतको भेरीगंगा नगरपालिका–५ की एक बालिका सौतेनी बाबुबाट बलात्कृत भइन् ।

१७ साउनमा कैलालीको लम्किचुहा नगरपालिका– ३ चिसापानीमा होटेल सञ्चालन गरेर बसेका २० वर्षीय वसन्त बुढाले भान्जी नाता पर्ने १३ वर्षीय बालिकालाई बलात्कार गरे । २ असारमा तेह्रथुमको छथर गाउँपालिका–२ स्थित हमरजुङ स्वास्थ्य चौकीमा कार्यरत अहेब सञ्जीव यादवले १५ वर्षे बालिकालाई आफ्नै क्वार्टरमा बोलाएर जबर्जस्ती करणी गरे । १७ साउनमा कैलालीको लम्कीचुहा नगरपालिकामा १३ वर्षीय बालिकालाई बलात्कारको अभियोगमा एकजनाविरुद्ध प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

१७ साउनमा मोरङको विराटनगर–५ मा आमाकै सहयोगमा एक १३ वर्षीय बालिका बलात्कृत भएको उजुरी मोरङ प्रहरीमा पर्यो । गत ११ साउनमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्त बलात्कारको सिकार मात्र भइनन, ज्यानसमेत गुमाइन् । असार २६ गते कञ्चनपुरकै कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको पनि बलात्कारपछि हत्या भयो । २० असारमा काभ्रेको तेमाल गाउँपालिका–१ स्थित देच्छेलिङ गुम्बा परिसरमा नौ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भयो । १६ असारमा कैलालीको गौरीगंगा नगरपालिकामा २१ वर्षीया माया विकको सामूहिक बलात्कारपछि पासो लगाएर हत्या गरियो । रौतहटको गुजरा नगरपालिका जंगलसहियाकी १३ वर्षीया बालिकालाई गत २४ वैशाखमा घरमै सुतिरहेको अवस्थामा छिमेकी तीन युवाले अपहरण गरे । १६ साउनमा झापाको अर्जुनधारा नगरपालिका–२ की चार वर्षीया बालिका विजय गजमेरबाट बलात्कृत भइन ।

१९ साउनमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाकी पाँच वर्षीया टुहुरी बालिकामाथि ४० वर्षीय लक्ष्मण कोलीले बलात्कारको प्रयास गरे । साउन एक गते कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नौ वर्षीया बालिकाको बलात्कार भयो ।

कसले के भने ?
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा प्रवक्ता सुदिप पाठकले समाज हाडबाजीमा अगाडि बढिरहेको ठुला अपराध बढिरहेको तर दण्डकोे दायरामा फितालो देखिएको बताएका छन् ।

बुधबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कारमा उनले सर्वसाधारणमा असुरक्षाको भावना जागीरहेको पुरुषले महिलालाई दबाउने कार्य भएको धेरै घटना बढेकोले अनुसन्धनमा विश्वाश जगाउन गाह्रो भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । दोषिलाई कार्रबाहि नभएको प्रहरीलाई विशेष तालिम आवश्यक उपकरण दिलाई दोषिको छानविन गर्न सराकारसँग मागसमेत गरेका छन् ।

दोषिलाई कार्रबाहि नभएको र प्रहरिलाई विशेष तालिम दिएर आवश्यक उपकरण दिलाई दोषिको छानविन गर्न कडाइका साथ अगाडि बढ्न सराकार सँग माग गरेका छन् । त्यसतै अर्को नेपाली कंग्रेसका संसद डा.दिला संग्रौलाले मुलुकमा गणतन्त्र, प्रजातन्त्रको रुप फेरिएको तर बलत्कार, हत्या हिंसा जस्ता घटनाको रुप नफेरिएको बताएकी छिन् । सरकारले अपराधीलाई नपड्किएको पड्किएको पनि फरार् हुने गरेको बताएकी छिन् । अपरधीलाई आजीवन कारागार हुनुपर्न र सर्वसोहरण गरिय मात्रा नियन्त्रण हुने बताएकी छिन् ।

सरकारले शान्ति सुरक्षाको खोजतलास गरे पनि अपराधिलाई सजायल भने नदिएको महिलालाई पशुसरह व्यवहार गरिएको दावी गरेको छ । त्यसतै अर्को नेपाल बार एशोसिएशनकी उपाध्यक्ष एवम् बरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले बलात्कारका घटनामा संलग्न दोषीलाई आजिवन जेल सजाय दिनुर्पे बताएकी छिन् । उनले बलात्कारमा संग्लन व्यक्तिलाई २० बर्षको जेल सजायले नपुग्ने अजिबन कारगारको व्यवस्ता हुनुपर्ने बताएकी छिन् ।

उनले बलात्कारकारमा संलग्नलाई मुत्युदण्ड दिने बारे बहस भएको तर व्यवस्था नभएको बताइन् । पहिला पनि यस्ता घटना हुने गरेको तर बारि नआएको अहिले जनचेतना र मिडियाले बाहिर ल्याउन महत्वपुर्ण भुमिका निर्बाह गरेको बताएकी छिन् । श्रृंखलावद्ध यस्ता घटनाले नेपाली समाज कतातिर जाँदैछ भन्ने चुनौतिपूर्ण प्रश्न उब्जिएको छ । यसबारे नेपाल प्रहरी र समाज दुवै पक्ष गम्भीर बन्नु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot