Logo

भक्तपुरको प्रहरी ईनकाउन्टर घट्ना शंकाको घेरामा : सुदिप पाठक (भिडियोसहित)



काठमाडौं, २३ साउन । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले मुलुकमा पछिल्लो समय शान्ति, सुरक्षाको अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन् । उनले भने,‘पछिल्लो समय अपराधका घट्नाहरु जताततै घटिरहेका छन् । जनताले शान्ति, सुरक्षाको अनुभुति गरिरहेका छैनन् ।’

प्रहरीले गरेका कामहरुको पछिल्लो एक दुई दिन यताको घट्नाले उसको काममा शंका उब्जेको पाठकले बताए । “पहिलो घट्ना त प्रहरीको अनुशन्धान क्रियाशील छ, प्रभावकारी छ र विश्वसनीय रुपमा अगाढि बढिरहेको छ भन्ने भावना कञ्चनपुरको महेन्द्रनगरको घट्नामा आईरहेको छैन् । यो घट्नामा प्रहरीले तदारुकता देखाएन्”-उनले भने ।

भक्तपुरको प्रहरी ईनकाउन्टरको घट्नापनि शंकाको घेरामा रहेको उनको दाबी छ । उनले भने,“यो घट्ना शंकाको घेरामा छ । अनुशन्धानले एस ओर नो आउँछ ।”

बुधबार पत्रकार ऋषि धमलासँग प्राईम टेलिभिजनको कार्यक्रममा बोल्दै उनले भने,‘अहिले देशैभरि शान्ति र सुरक्षाको अवस्थाप्रति प्रश्न गर्ने अवस्था छ । अब सरकारले मुलुकको शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न बेलैमा प्रभावकारी कदम चाल्नुपर्छ । विधि र विवेकसम्म्त ढंगले कानूनको प्रयोग गर्नुपर्छ ।’

सम्बन्धित समाचार :

मुलुकमा शान्ति, सुरक्षाको अवस्था नाजुक छ : सुदिप पाठक

त्यस्तै उनले सरकारले मानव अधिकारको प्रत्याभुति गर्न नसकेको पनि बताए । उनले भने, मानव अधिकार आयोगले पनि काम गर्न सकेनौं । आयोगका अध्यक्ष अनुपराज शर्माले काम गर्न सक्नुभएन् ।

 



प्रतिक्रिया दिनुहोस्