Logo

क्षेत्रीय अस्पतालमा आगलागी



वीरेन्द्रनगर, ५ भदौ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा आगलागी भएको छ । अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ ।

आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिएका छन । उनका अनुसार आगलागीबाट रु १२ लाखको जेनेरेटरमा क्षति भएको छ ।

आगलागीबाट मानवीय क्षती भएको छैन । वीरेन्द्रनगर नगरपालिकाको दमकलले आधा घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । विद्युत चुहिएर आगलागी भएको आशंका अस्पताल प्रशासनले गरेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot