Logo

नेपालको नाम विश्वमा चिनाउने प्रतिभालाई राज्यले सहयोग गर्नुपर्छः खिलाराज रेग्मी



काठमाडौँ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष एवम् सर्बोच्च अदालतका पूर्व प्रधानान्याधीश खिलराज रेग्मीले मुलुकलाई विश्व सामु चिनाउने नेपाली प्रतिभाहरुलाई राज्यले पूर्ण रुपमा सहयोग गर्नुपर्ने बताएका छन् ।

नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले विश्वको सबैभन्दा लामो वक्तव्य दिन लागेको विषयलाई लिएर राजधानीको बसुन्धाराममा आयोजित ‘सहयोग तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा रेग्मीले नेपालको नाम विश्वमा चिनाउने प्रतिभालाई राज्यस्तरबाट सहयोग गर्नुपर्ने बताएका हुन ।

अनन्तराम केसीको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र–१ का सांसद हितबहादुर तामाङले योग साधक अनन्तराम केसीको क्षमता र प्रतिभालाई विश्वमाझ चिनाउने सुनौलो अवसर भएको बताए ।

उनले भने,‘नेपालीहरुसंग अनेक प्रकारका क्षमताहरु छन्, जुन क्षमताहरुले मुलुकको नाम विश्वमा फैलिन्छ, त्यस्ता प्रतिभाहरुको लागि राज्यले सकारात्मक, सहयोगात्मक भूमिका खेल्नुपर्छ।’

नुवाकोट क्षेत्र नं २ का सांसद नारायण खतिवडाले केसीको अभियानले नुवाकोट मात्र नभएर सिङ्गो मुलुकको नाम रहने भन्दै केसीलाई सबैले आ-आफ्नो ठाँउबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेपाली काग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले निरन्तर योग साधनामार्फत नयाँ कामको थालनी गरेर नेपाललाई विश्वसामु चिनाउन लागेकोमा शुभकामना दिएका थिए ।

उनले भने,‘कानूनले दिएको नागरिकको अधिकार सुरक्षित गर्न राज्य क्रियाशिल हुनुपर्छ, सिर्जनशिल नागरिकहररुका आधारतभुत वातावरण मिलाउने काम पनि राज्यकै हो, त्यसैले सरकारले केसी जस्ता र्सिजनशील व्यक्तिहरुलाई प्रोत्साहन गर्न र आवश्यक कुराहरुमा ध्यान दिन आग्रह गर्दछु ।’

कार्यक्रममा काङ्ग्रेस नेता अर्जुननरसिंह केसीले नेपाललाई विश्वमा चिनाउने अभियानमा लागेका व्यक्तिहरुलाई आफ्नो सदैवसाथ रहने बताएका छन् । त्यस्तै शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले अभियान सफल बनाउनका लागि आफ्नो गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

योग साधक नेपालको ७७ वटै जिल्ला र भारतको छ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरीसकेका केसी एक आध्यामिक साधक हुन । केसीले २१ दिन जल उपबास र ६ महिना मौन ध्यान साधना पुरा गरेका छन् ।

अनन्तराम केसीले यसअघि ८० घण्टा बोलेर विश्वकिर्तिमान राख्ने प्रयास गरेका थिए । सन् २०१८ को अप्रिल १ देखि ४ सम्म भारतको केरलाराज्यका बल्सराजन केपीले ८१ घण्टा १६ मिनेट बोलेर विश्व रेर्कडमा आफ्नो दर्ज गराएका छन् । उनले सयवटा विषयमा आफ्नो प्रस्तुति राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot