Logo

परराष्ट्रमन्त्री ज्ञवालीको खुलासा : मोदीसँग विशेष समझदारी हुन्छ



काठमाडौं, १२ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष समझदारी हुने बताएका छन् ।

आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छनमा’ पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । उनले भने,‘भारतीय प्रधानमन्त्री मोदीसँग यसपटक तीन वटा समझदारी पत्रमा हस्ताक्षर हुँदैछ ।’

त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रम मोदीबीच हुने द्धिपक्षीय भेटवार्तामा आपसी हितका विषयमा केन्द्रित रहेर कुराकानी हुनेपनि जनाए ।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरु नयाँ उचाईमा पुगेको उनको विश्वास छ । उनले भने,‘२०१८ उच्चस्तरीय भ्रमण वर्ष हो । हामी नयाँ सोच राखेर अघि बढ्छौं । सेमिनार गर्ने हल बनाउँछौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot