Logo

प्रधानमन्त्रीले निर्मला पन्तका हत्यारालाई जसरी पनि पत्ता लगाउँछु भन्नुभएको छ : लेखक



भदौ १७, काठमाण्डौ । नेपाली कांग्रेसका नेता रमेश लेखकले निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै जनता सडकमा आउँदा सरकारले दमन गर्नु दुखद भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै लेखकले न्यायको खोजी गर्दा ज्यान नै जाने गरी दमन गर्नु सरकारको लाचारीपन भएको तर्क गरे ।

लेखकको नेतृत्वमा प्रदेश ७ का कांग्रेसन नेताहरुले शनिवार प्रधानमन्त्री केपी ओलीलाई भेटेर पन्तका बलात्कारी र हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरेका थिए । एक महिना वितिसक्दा पनि वास्तविक अपराधी पत्ता नलागेको विषय प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको लेखकले बताए ।

प्रधानमन्त्री ओलीले पनि आफूहरुको मागका विषयमा सकारात्मक धारणा राखेको लेखकले जानकारी दिए । “प्रधानमन्त्रीले राम्रो कुरा गर्नुभएको छ । उहाँले अपराधीलाई जसरी पनि पत्ता लगाउँछु भन्नुभएको छ ।” लेखकले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot