Logo

मेरो भ्रमण सामान्य राजनीतिक भ्रमणमा सिमित छैन, भ्रमणले लक्ष्य हासिल गरेको छ : प्रचण्ड



चार दिने भारत भ्रमणमा गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंहलगायतसँगको भेट लगत्तै ऋषि धमलाले दाहालसँग कुराकानी गरेका थिए । दिल्ली पुगेर धमलाले दाहालसँग गरेको छोटो कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
-पुष्पकमल दाहाल, अध्यक्ष, नेकपा

यसपटकको भारत भ्रमणले के अनुभूति गर्नुभयो ? शीर्ष तहमा भएको भेट कस्तो रह्यो ?
दुई देशबीचको सम्बन्ध सकारात्मक दिशातर्फ अगाडि बढेको छ । नेपालको विकासका लागि भारतको सहयोग जुटाउनका लागि अझै बढि पहल गर्ने उद्देश्यले नै म भारत आएको हुँ । मैले यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग झण्डै एक घण्टा भेटवार्ता गरेँ । हामीबीच विस्तारमा गम्भीर रुपले कुराकानी भयो । दुई देशको सम्बन्ध सुदृढ गर्ने सम्बन्धमा हामी केन्द्रित भयौँ । दुई देशका आपसि चिन्ता र चासो, विशेषगरी नेपालको आर्थिक विकासका सन्दर्भमा कुराकानी भयो । परराष्ट्रमन्त्री सुश्मा स्वारजसँग लञ्च मिटिङ भयो । त्यसक्रममा पनि दुई देशको सम्बन्धलाई नयाँ आयाम दिने विषयमा कुराकानी भयो । नेपालमा दुई तिहाई बहुमतको बलियो सरकार भएको बेलामा विकास कसरी गर्ने भन्ने विषयमा कुराकानी गर्र्याैँ । पूर्व प्रधानमन्त्री मनमोहन सिंह र भाजपाका महासचिव सिताराम यचुरीसँग पनि पनि भेटवार्ता भयो । मनमोहनजीले पनि नेपालको विकासमा आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने बाचा गर्नुभयो । भेटका क्रममा सबैले नेपालको विकासका बारेमा चासो व्यक्त गरे ।

तपाईको यो भ्रमण नेपाल सरकारको प्रतिनिधीको रुपमा हो कि व्यक्तिगत ?
म सरकारको प्रतिनिधीको रुपमा आएको होइन । नेकपाको अध्यक्ष र पूर्व प्रधानमन्त्रीको हैसियतमा मैले भ्रमण गरेको हुँ । तर मलाई यहाँ जुन रेस्पोन्स गरियो, त्यसले मेरो भ्रमण सामान्य राजनीतिक भ्रमणमा सिमित बनाएन । म सन्तुष्ट भएको छु ।

आइसिडब्लुएमा तपाईले धेरै कुला बोल्नभएको थियो । त्यसबारेमा केही भनिदिनुस् न ?
आइसिडब्लुएको कार्यक्रममा मैले भाषण गरे । अन्तरक्रिया पनि भयो । उक्त कार्यक्रमले सकारात्मक सन्देश दिएको छ । प्रधानमन्त्री मोदीलाई भेट्दा पनि सुरुमै उहाँले उक्त कार्यक्रममा मैले बोलेका कुराबाट आफू प्रभावित भएको बताउनुभयो । मेरो भाषणको जबरजस्त प्रभाव परेको मोदीले बताउनुभयो । उहाँले धन्यवाद पनि दिनुभयो ।

तपाई जुन उद्देश्य लिएर भारत भ्रमणमा आउनुभएको थियो, त्यो पूरा भयो त ?
मेरो भ्रमण सफल भएको महसुस गरेको छु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot