Logo

निर्मला पन्तकी आमा–बुबाको रोदन कसले सुन्ने(भिडियोसहित)



भदौ २७, काठमाण्डौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तकी आमावुवाले घटना अनुसन्धानमा प्रशासनले आलटाल गरेको गुनासो गरेका छन् ।

छोरीको हत्याको घटना अनुसन्धानमा सरकारको ध्यानाकर्षण गर्न महिला अधिकारकर्मीको टोलीसंगै काठमाडौ आएका उनीहरुले बुधबार सञ्चारकर्मीसंग कुरा गर्दे घटना अनुसन्धानमा प्रशासनले आलटाल गरेको गुनासो गरेका हुन् । निर्मलाकी आमा दुर्गादेवी पन्तले छोरीको हत्या भएकै दिन देखि नै प्रहरीले घटना लुकाउन खोजेको शंका उत्पन्न भएको बताइन् ।

उनले साथीको घरबाट अम्वा लगेको भन्ने कुरामा पनि बिश्वास नभएको बताइन् । त्यस्तै मृतक निर्मलाकी बाबु यज्ञराज पन्तले घटनाको अनुसन्धान भईरहदा आफ्नो परिवारलाई धम्की आएको बताए । उनले प्रशासनकै आडमा छोरीको हत्यारा खुलमखुल्ला हिडिरहेको पनि बताए ।

त्यस्तै टोलीमा काठमाडौ आउनुभएकी महिला अधिकारकर्मी शारदा चन्दले छानविन समितिले निष्पक्ष छानविन गर्नेमा आशंका व्यक्त गरिन् । नियोजित ढंगले कञ्चनपुरमा भएको घटनामा गोली चलेको उनको आरोप छ ।

गत साउन १० गते घरबाट निस्किएकी निर्मला ११ गते मृत अवस्थामा भेटिएकी थिइन् । बलात्कारपछि उनको हत्या भएको पुष्टि भए पनि हत्यारा को हो, कसरी हत्या भयोलगायत विषयमा प्रहरी अनुसन्धान जारी छ ।

निर्मला पन्तकी आमा–बुबाको रोदन कसले सुन्ने ?

कसले गर्यो बलात्कार, किन हुन सकेन अनुसन्धान ? अब के हुन्छ ?बाबुआमाले गरे सम्पूर्ण खुलासा

Posted by Parewa News on Wednesday, 12 September 2018



प्रतिक्रिया दिनुहोस्