Logo

दुई महिनासम्म कर्मचारी भर्नाका लागि विज्ञापन नगर्न सरकारको आग्रह



काठमाडौं, २८ असोज । देशको विकास निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरुको अध्ययन गर्ने निर्णय सरकारले छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले विकास निर्माणका लागि शिक्षित र दक्ष जनशक्ति पर्याप्त नभएको निष्कर्ष निकाल्दै शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो ।

समितिलाई ६ महिनाभित्र सो सम्बन्धी अवधारणा पेश गर्न निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

यस्तै जयनगर–जनकपुर क्षेत्रमा नेपाली झण्डासहितको रेल सञ्चालन गर्ने निर्णय गर्दै बैठकले सोही अनुसारको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

बैठकले केशरमहलस्थित पुस्तकालयलाई जमलमा सारेर उक्त स्थानमा सुविधा सम्पन्न भवनमा राष्ट्रिय पुस्तकालय बनाउने निर्णय पनि गरेको छ । यस्तै लोकसेवा आयोगलाई दुई महिनासम्म कर्मचारी भर्नाका लागि विज्ञापन नगर्न पनि सरकारले आग्रह गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot