Logo

मह जोडीलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान



काठमाडौं २५ कार्तिक । चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको छ । नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडी श्रेष्ठ र आचार्यलाई सम्मान गरिएको हो । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएकोमा मह जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरेको हो ।

रत्नपार्क शान्ति बाटिकामा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले महजोडीलाई सम्मान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्